माघे संक्रान्ति मेला हुने
पुस,२५ सुर्खेत
वीरेन्द्रनगरमा माघे संक्रान्ति मेला २०७४ हुने भएको छ । ३ दिनसम्म चल्ने मेलामा विभिन्न सांस्कृतिक कार्यक्रम सहित मगर र थारु परिकारका स्टलहरु राखिने भएको छ । वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरि माघे संक्रान्ति मेला २०७४ , प्रचारप्रसार उपसमितिका संयोजक दिप वहादुर राना मगरले सुर्खेतको खेलकुद रंगशालामा पुस २७ देखी २९ गते सम्म मेला संचालन हुने जानकारी दिए ।
मेलामा धुनषवाण प्रतियोगिता , छेलो प्रतियोगिता , एकल नृत्य प्रतियोगिता , राष्टिय कलाकारहरुको सांस्कृतिक कार्यक्रम सहित स्थानिय स्तरको सोरठी , ख्याली , साजैजो ,कौडा ,ठाडोभाका लगाएतका प्रस्तुति रहने वताए । मगर समुदायको विषेश चाड माघे संक्रान्तिको अवसरमा मेलाको आयोजना गरिएको संयोजक राना मगरले जानकारी दिए । उनले ३ दिन सम्म चल्ने माघे संक्रान्ति मेला २०७४ लाई सफल पार्नका लागि सम्पुर्ण सुर्खेतवासीलाई आग्रह गरेका छन् ।
३ दिन सम्म संचालन हुने मेलाको टिकट दर २० रुपैया तोकिएको संयोजक रानामगरले जानकारी दिए । मेलाको उद्घाटन पुस २७ गते सांसद वसन्त घर्ती मगरवाट हुने समेत आयोजकले जानकारी दिएको छ ।
मेलामा पाईने परिकारहरुको दररेट







