Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

सुरु हुँदै ‘स्टे होटल भ्याली भ्यू रिसोर्ट’ ६ करोड लगानी

सुर्खेत । प्रदेश नम्बर ६ को राजधानी सुर्खेत तोकिएसँगै सुर्खेतमा सुविधा सम्पन्न होटेलहरु सञ्चालनमा आउन थालेका छन् । सुर्खेतको पर्यटकीय स्थल गोठीका“डामा ६ करोड रुपैया“को लगानीमा सुविधा सम्पन्न स्टे होटल भ्याली भ्यू रिसोर्ट प्रालि संचालनको अन्तिम चरणमा रहेको छ ।

 

शनिबार होटल निर्माणस्थलमा नै पत्रकार सम्मेलन गरेर होटलको सेवा सुविधाका बारेमा अध्यक्ष तर्कबहादुर शाहीले जानकारी दिए । शाहीसँगै ऐनबहादर शाही र लिलाराम आचार्यले समेत होटेलमा लगानी गरेका छन् । करिव एक बर्ष अघि निर्माण कार्य शुरु भएको होटलबाट सुर्खेत उपत्यकाको अवलोकन, मनोरम दृष्य आदि हेर्न सकिन्छ ।


विगत २० वर्षदेखिको होटल व्यवसायमा संगालेको अनुभवलाई उपयोग गर्दै स्तरीय सेवा उपलब्ध गराउने प्रतिवद्धता उनीहरुले गरेका छन् । अनुकुल मौसममा पर्यटनको संख्या पनि बढ्ने भएकाले सबै कुराको मध्यनजर गरेर सुविधा सम्पन्न होटल शुरु गरेको शाहीले बताए ।


ठूलो लगानीमा होटल सञ्चालन गर्ने तयारी गरेको भए पनि खानेपानी, सुरक्षा लगायतका चुनौती रहेको शाहीले बताए । सबै खालका चुनौतीका बारेमा जानकार भए पनि आफूहरुले ठूलो आँट र साहसका साथ होटल संचालनमा ल्याउन लागेको उनिहरुले बताए ।


होटल संचालनमा ल्याएर आम्दानी लिने मात्र नभएर समग्र ६ नम्वर प्रदेशको प्रर्यटन प्रवद्र्धनमा टेवा पुग्ने सञ्चालकले अपेक्षा लिएका छन् ।
स्टे होटल भ्याली भ्यू रिसोर्टमा सुविधा सम्पन्न २४ वटा कोठा रहेका छन् । निकट भविष्यमा नै आवश्यकतानुसार विस्तारै कोठा थप गरेर ५० ओटा पु¥याउने उनिहरुको भनाइ छ । जिल्लाकै सबैभन्दा ठूलो सभाहल सहित १० वटा कटेज सञ्चालनमा आउने छन् । होटेलमा नै हेलिप्याडको व्यवस्था हुनुका साथै ५० भन्दा बढी सवारी साधनका लागि पार्किङको व्यवस्था भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यसका साथै ग्राहकको आवश्यकता अनुसार विभिन्न परिकारहरु उपलब्ध गराउनुको साथै स्थानीय सांस्कृतिक प्रदर्शनको व्यवस्था रहने समेत सञ्चालकले बताएका छन् ।
प्रदेश नं ६ को राजधानी सुर्खेतको गोठीका“डालाई दोस्रो नगरकोटको रुपमा लिने गरिन्छ । गर्मीयाममा चिसो वातावरणमा रमाउनुका साथै समग्र ६ नम्बर प्रदेशको पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यसहित होटले सञ्चालनमा ल्याएको शाहीले बताए ।