Loading... आजः २१ असार २०८३, आईतवार । Sunday 5th July 2026
ताजा खबर
  

प्रदेश नं ६ मा शिक्षा क्षेत्रमा भ्रष्टाचारका सबैभन्दा बढी उजुरी

माघ , १५ सुर्खेत
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले प्रदेश नं ६ मा शिक्षा क्षेत्रमा भ्रष्टाचारका सबैभन्दा बढी उजुरी परेको जनाएको छ । आयोग कार्य क्षेत्रभित्रका जिल्लाबाट परेका विषयगत उजुरीलाई विश्लेषण गर्दै अख्तियारले शिक्षा, स्थानीय विकास, वन तथा भू–संरक्षणसँग सम्बन्धित उजुरी बढी परेको जनाएको हो । सोमबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी कामहरुको प्रगति विवरणहरु सार्वजनिक गर्दै सो कुराको जानकारी दिइएको हो ।
आर्थिक वर्ष २०७४, ७५ को अर्धवार्षिक अवधिको संक्षिप्त विवरण अन्तरर्गत ४८३ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले हालसम्म परेका ४ सय ८३ वटा उजुरी परेको मध्ये सुर्खेत जिल्लाबाट सबै भन्दा धेरै ९५ वटा उजुरी परेको छ भने थोरैमा सल्यान जिल्लाबाट १९ वटा मात्र उजुरी परेको छ । हालसम्म परेका ४ सय ८३ वटा उजुरीमध्ये १ सय ४० वटा मुद्दा फछर्यौट भएको र ३ सय ४३ वटा मुद्धा वाँकी रहेको कार्यालयले जनाएको छ । ६ नम्वर प्रदेशमा शिक्षामा १४८ उजुरी मध्ये ४३ वटा फछर्यौट १०५ वटा वाँकी , संघीय मामिला तथा स्थानिय विकासमा १२२ मध्ये ३४ फछर्यौट ८८ वाँकी , वन तथा भुसंरक्षणमा ४६ मध्ये १६ फछर्यौट ३० वाँकी ,स्वास्थ्यमा २५ मध्ये १० फछर्यौट १५ वाँकी , उर्जामा २२ मध्ये १ फछर्यौट २१ वटा उजुरीको फछर्यौट गर्न वाकी रहेको कार्यालयले वताएको छ ।
सुर्खेत जिल्लामा वनमा सवैभन्दा वढि उजुरी
सुर्खेत जिल्लामा भने सवै भन्दा वढि वन तथा भुसंरक्षण कार्यालयमा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले जानकारी दिएको हो । २०७४ पौष मसान्त सम्म परेका उजुरीमध्ये सुर्खेत जिल्लामा सवैभन्दा वढि वनमा २७ वटा उजुरी परेको हो । यस्तै शिक्षामा २५ ,संघिय मामिला तथा स्थानिय विकासमा १२,खानेपानिमा ८ ,गृहमा ७ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख रविलाल पन्थले जानकारी दिए । उनले सुर्खेत लगाएत प्रदेश नं ६ अन्तरर्गतका जिल्लाहरुवाट आएका उजुरीहरु मध्ये धेरैजसो विधायलको भवन वनाउदा गुणस्तरहिन भएको ,छात्रबृत्तिमा अनियमितता, सामाजिक सुरक्षा भत्तामा अनियमितता , उपभोक्ता समितिको गठन प्रक्रिया , स्थानिय निकायको आन्तरिक आयको विनियोजन र खर्च पार्दर्शिता नभएको लगाएतका विषयमा आउने जानकारी दिए । उनले औषधि खरीद र वितरणमा अनियमितता ,भवन , सडक ,पुल मापदण्ड स्टिमेट अनुसार नवनेको लायतका उजुरी पनि कार्यलयमा पर्ने गरेको वताए ।


पन्थले २४३ वटा उजुरीहरु मध्ये १८१ चिठिपत्र , १८ वटा इमेल , ९ वटा पत्रपत्रिका , १९ वटा फयाक्स ,१ व्टा फेसवुक ,३ टेलिफोन र २ वटा अन्य गरि आएको वताए । उनले प्रदेश नम्वर ६ वाट आएका उजुरीहरु भौगौलिक विकटताका कारणले गर्दा समयमानै फरच्यौट गर्न नसकिएको वताए ।

अनुसन्धानबाट कसैलाई पनि छुटकारा नदिने भन्दै कोही कसैले अनियमितता गरेको पाइएमा कडा भन्दा कडा कारबाही गरिने आयोगका प्रमुख रविलाल पन्थले बताए । उनले अनियमितता र सेवाग्राहीलाई दुख दिइएको पाइएमा हुलाक, इमेल, फयाक्सबाट समेत उजुरी दिन आग्रह गरे । साथै प्रमुख पन्थले भ्रष्टाचारीलाई कुनै पनि हालतले उन्मुक्ती नदिने समेत बताए । कार्यालयमा परेका उजुरीमाथि सुक्ष्मरुपले अनुसन्धान भइरहेको पनि पन्थले जानकारी दिए ।