Loading... आजः १४ असार २०८३, आईतवार । Sunday 28th June 2026
ताजा खबर
  

चाहनाको फूलबारी – गीता नेपाली

‘‘मलाई फेरि मामा घर छोड्नु पर्छ नि !” ‘‘हुन्छ जाऊँ चिसो खाने । नाइँ त्यसो भए जाऊँ भन्यो र हेल्मेट लगाएर ऊ अगाडि बाइक स्टार्ट ग¥यो म पछाडि बसेँ बाटो मोडेर नेपालगन्ज गइयो ।


घरमा गएर दराजबाट चेक निकालेँ अनि बैङ्कमा गएर पहिला पैसा गन्न लगायौँ एकाउन्टमा जम्मा पचास लाख नौ हजार ३ सय सत्र रुपैया रहेछ । त्यहाँबाट पचास लाख निकाली सरासर सेराजिम गयौँ । म तल होटलमा बसेँ सुवास माथि गयो र एक छिन पछि मुस्कुराउँदै काम बन्यो गीतिका । सर एक छिनमा काठमाडौँ जानु हुन्छ रे ।
अब हामी गए हुन्छ । अ तर म फर्किनु पर्छ रे तलाई छोडेर म आइ हाल्छु हुन्छ ? हुन्छ त्यहीबाट हामी वाइकमा चढेर शिवननगर तिर बाटो मोडीयौ ।
घडीले १२÷१ बजाइ सकेको थियो । मान्छेहरु आफ्नै धुनमा छन् कोही आएका छन् कोही गएका छन् । धुलो धुवाँको त पर्वाह नै छैन । जे होस् सडक बिजी नै छ । तर मलाई भने जति भिड देखे पनि शून्य नै लाग्न थाल्यो ।
करिब करिब २ घण्टामा हामी शिवनरमा मामाको गेटमा गयौँ सुवासले घरको चाबी माग्यो मैले पनि केही नबोलेर दिएँ अब कहिले आउने नेपालगन्ज थाहा छैन ।
गोजीबाट मोवाइल झिकेर ल यो राख म अर्काे किन्छु । नेपालगन्ज आए पछि केही अप्ठेरो परे कल गर्ने म त्यही घरमा हुन्छु मलाई हतार छ म जान्छु । अँ यो ब्यागमा स्याउ केरा छ लैजाउँ बच्चा बच्चीलाई दिन हुन्छ भन्दै आफै निकालेर दियो म त सुवासको व्यवहार देखेर दङ्ड छु । हुन्छ भनेर बाइक चढेर ऊ गयो म भित्र पसेँ ।
को छ घरमा कस्तो सुनशान हो घर पनि भित्रबाट सानी नानी ‘‘को” भन्दै बाहिर निस्की ।
‘‘मामा खै” ‘‘भित्र” ल लेउ भने स्याउ र केराको पलाष्टिक दिएँ, नानी हतारिँदै भित्र गई ।
आन्टी भित्र आउनु रे । म बिस्तारै भित्र गएँ ।
माइजू हात दिनुुस्, ए भान्जी पो भन्दै दुवै हात दिनुभयो र मैले ढोगी दिएँ । हामीले त माया मारि सकेका थियौँ । आमा खै त पलापट्टी कोठामा सुत्नु भाछ धेरै दिन भयो । अँ भाउजु लाई सन्चो छैन् । भन्दै अर्काे कोठामा गइयौ त्यस्तो गर्मीमा पनि आमाले सिरक ओढेर सुतेको देख्दा साह्रै विरामी जस्तो लाग्यो ।
आमा, आमाले सिरक फालेर जुरुक्क उठिन् । को हो ‘‘म क्या चिन्नु भएन गीतिका” है मेरी छोरी भनेर झम्टेर अँङ्गालो मार्न आइन ।
आजसम्म कहाँ गइथीस् छोरी । बाबा नखाई मेरी छोरीलाई कस्ले लियो भन्थे बा तिम्रो बाबाले पनि छोडेर जानु भयो आमा निकै बेथा पोख्दै थिइन् । म त्यही काखमै फेरि बेहोस भएर लडेँछु केही समय पछि त म बेडमा सलाइन चढाएको वरिपरि मान्छेका भिड आमा छेउमा बसेर रुँदै थिइन अरुले आमालाई सम्झाउँदै थिए ।
मैले उठेर आमालाई सम्झाएँ । वातावरण एकछिन रोदनपूर्ण भयो । मान्छेको भिड थियो तर हामी बसेको ठाउँ शुनसान छ । मैले आमालाई राम्रोसँग हेरेँ । आमा एकदमै दुब्लाउनु भएको थियो । हँसिलो अनुहार आज फुलबाट सुवास हराए जस्तै छ । मनमा चिन्ताको ठुलो भकारी बसेको छ । एकोहोरो भएको छ त्यो सामान्य मन । मैले सजिलै बुझ्न र महसुस गर्न सक्छु । मेरो आमाको दुख तर आधा बाँडेर लिन भने सकिन । आमालाई ‘चिन्ता’ रोगले छोइ सक्यो । मामाघरमा कति बस्ने हामी तिन महिना पछि आमालाई लिएर सदरमुकाम औषधि गर्न भनेर बिहानको गाडी चढेर सदरमुकाम नेपालगन्ज आयौँ ।
धुलो धुवाँ रहित भिडभाड जस्ताको तस्तै थियो । बसपार्कमा ओलिएर हामी अञ्चल अस्पतालतर्फ लाग्यौँ सबै आआफ्नै धुनमा थियो ।
हस्पिटल गएर चेकअप गराएर पुन घर फर्किने तरखरमा म थिएँ, आमा कपाल मिलाउँदै नास्ता खान पाए हुन्थ्यो भन्नुभयो नास्ता खान पसलमा लाग्यौँ ।
नास्ता खाँदा एकजना युवकले रुन्चे अनुहार लगाएर–‘‘साहुजी बरु हजुरको जुठो भाँडा माझिदिन्छु । मैले ३÷४ दिन भयो खाना नखाएको केही खाने कुरा दिनुस् न मिठाइको ¥याकमा माखा हम्किदै–‘‘तेरो बा ले कमाएर ल्याएको छ । तँलाई सित्तैमा दिने ।”साहुले भन्यो ।
बिचमा कुरा काट्दै साहुजी तिन ठाउँमा छोला समोसा लगाइ दिनु न अ भाइ हजुरसँग काम छ । यहाँ आउनुस्, भन्दै आमा बसेको ठाउँतिर गएँ, मसँग भन्दै म पनि बसेँ नास्ता ल्याएर एउटा सानो भाइ आयो तिन ठाउँमा राखियो । युवक छक्क पर्दै यो नास्ता मैले बिचमा कुरा काट्दै तिमीलाई नै हो खाऊ ।
ए भनेर ऊ नबोलेर खान सुरु ग¥यो । मैले आफ्नो भाग पनि दिएँ । आमाले खान नसकोले मैले आमाको भाग खाएँ ।
सम्झिएँ कुनै दिन मेरो अवस्था पनि यस्तै थियो । अनि युवकलाई पानी दिँदै मैले सोधँे, तपार्इँको घर कहाँ हो ?
मुसुक्क हाँस्दै मेरो घर पहाड हो ।
किन ?
जान्न मन लाग्यो । कुन जिल्ला हो ?
रुकुम हो । चिन्नु हुन्छ र ?
नाइँ तर अब चिन्नु मात्र होइन त्यहीँ जाँदै छु । ऊ आश्चार्य पुर्वक
कहिले ?
‘‘कहिले जान्छु थाहा छैन ।”
जगको पानी खानलाई उठाउँदै भाइ कहाँ हुनुहुन्छ ?
मैले आमालाई हेर्दै छेउमै बसेर पानी खाँदै छु ।
उ पानी खाँदाखाँदै टक्क उभिन्छ । म बिस्तारै भित्र देखि मन्टो तल बनाउँदै निधार खुम्च्याएर आँखा सानो बनाउँदै भनेर मलाई हेर्छ । मैले मन्टो हलाउँदै एस् ।
जाऊँ हिँड घर उ मलाई राम्रोसँग नियालेर हे¥यो कसको, अनि मसिनो स्वरमा कस्को भन्दै मलाई हे¥यो,
आत्तिनु पर्दैन । अहिले मेरो घरमा त्यसपछि तिम्रो घर ओके, भन्दै म आफ्नो स्थानबाट उठेर कति भो साहुजी भन्दै पर्स खोल्न थालेँ साउनी माखा हाँक्दै ६० रुपैयाँ भने पछि मैले ५० रुपैया दिँदै आमै जाऊँ आमा र भाइ दुवै तिन जना त्यहाँबाट
निस्कियौँ ।
सडकमा निकै भिडभाड भएकाले हिँडनु भन्दा रिक्सामा जाउ भनेर एएटा रिक्सा रोकेर बसपार्कतर्फ लाल्यौँ रिक्सामा केही अगाडि पुगेपछि बाटोमा लामो मान्छेको लाइन हेर्दै आमा सेराजिमको लाइन, ए त्यसो भए जाऊँन मलाई त्यहाँ जान ठुलो इच्छा छ ।
अर्काे दिन जाऊँला अहिले घर जान ढिला हुन्छ ।
नाइँ आजै जाऊँ ।
आमा पनि हरेक कुरामा जिद्दी गर्नुहुन्छ । रिक्सा रोक, रिक्सालाई भाडा दिएर तपाईँ हेरेर आउनुहोस् म र भाइ यहीँ बस्छौँ ।
नाई सबै जाउँ । माथि त्यसो भए आज त्जभचबउथ ? नगर्ने हो क्या ? भन्दै आमा माथि चढ्नु भयो सुवास सायद यहीँ छ होला । फेरि भेट हुने भयो ।
म बिर्सिन चाहन्छु किन फेरि अल्झिन्छ यो मनको काँडो ।
मनमा अनेक कुरा खेल्दाखेल्दै म माथि पुगेको थाहा भएन झन अगाडि लेक्चर दिने सुवास नै रहेछ ।
झिलिमिली सेन्टर सजाएको छ, कोट र पाइन्ट सुजमा साँच्ची सुवास त हिरो पो देखिँदो रहेछ ।
प्राय सुवास र मलाई श्रीमान् श्रीमती भनेर चिन्ने कमै रहेछन् । स्टाफ पनि नयाँ ढोकामा हामी तिन जना उभियौँ, नमस्कार के होला भन्दै एक जना महिला स्टाफ आइन्, हामी सुवास सरलाई भेट्न आएको भन्दै मैले आमालाई हेरेँ, एक छिन अफिसमा गएर बस्नुस् अहिले सर लेक्चरमा हुनुहुन्छ भन्दै आफू अगाडि लागेर अफिसको ढोका खोलेर हातको इसाराले भित्र सोफा देखाउँदै बस्दै गर्नु म पानी लिएर आउँछु भन्दै स्टाफ फिर्ता भइन् ।
एक छिनपछि लेक्चर भ्याएर सुवास सरासर ल्याबमा गयो, एकजना स्टाफले सर हजुरलाई भेट्न कोही आउनु भाछ भनेर अगाडि बढेको सुनेँ म अफिसको ढोकासम्म आउँदा को आछ मलाई भेट्न जाऊ भन्देऊ सरलाई टाइम छैन भन्दै सुवास अफिस आयो, म हतारिँदै आमा जाऊँ भने । आमाले पनि सुन्नु भयो होला सायद । भाइ यताउता हेर्नैमा मस्त थियो । सुन्यो कि सुनेन थाहा भएन ।
आमा आफ्नो स्थानबाट उठ्दै जाने हो त । सेराजिम भनेको हेरि हाल्नु भयो जाउँ भन्दै मैले दोपट्टा बायाँतिर फाल्दा सुवासले हातले छेक्दै गरे जस्तो गरेर हात उठाउँदै आमा नमस्ते, कहाँ जान लागेको बस्नुस् । अरे वा मान्छे त आएको थाहा नै छैन । आइज भित्र खै किन बोल्न मन लागेन । उसले भने बमोजिम पुन कुर्सीमा बस्यौँ के खाने केही खान मन छैन । आमालाई कस्तो छ ?आमा पनि बिचैमा आमाले कुरा काट्दै विरामी भएर औषधि गर्न आको प्वाक्क बोलिन् म अडिएँ ।
अनि उहाँलाई त चिनिन मैले, मेरो भाइ भनँे । भाइ कहिले कुरा गरेनौँ त पहिला ? आँखा सन्कायो । घुम्ने कुर्सीमा एक राउन्डन फन्किएर पुनः अडियो ।
अँ तिम्रो इन्डियाको आसिकको खबर केही आउँदैन त्यही भएर होला भाइ बनाएको ।
हातको औँठी चलाउँदै बाइ द बे यो सबै काम छोड् गीतिका आमालाई पनि सन्चो छैन तँ पनि समयलाई यति कै खेर फाल्दैछेस् ।
कस्ता कस्ता मान्छे सेराजिमले ठिक भएका छन् । बेकारमा हस्पिटल को चक्कर लगाएर सबै चिज बर्वाद गर्नु भन्दा यहि ठिक हो । आमा भोलिदेखि गीतिका काममा जान्छे तपाइँ थेरापी गर्न आउनुस् ।
अँ अहिले पनि गर्न सक्नु हुन्छ । ‘‘प्राणजल” ‘‘सर ?” आमालाई लिएर थेरापी गराइ दिई हाल त जहाँ हुन्छ त्यहीँ । आमा भनेर आमालाई ल्याबमा पठायो भाइ तिमी थेरापी गर्न जाउँ प्राणजल भाइलाई पनि मिलाइ दे ।
म जान उठ्छु गीतिका बसन तिमीसँग कुरा गर्नु छ ।
के कुरा बाँकी छ अब ? कुर्सीबाट सोफामा बस्दै अरे तँ मसँग रिसाएको यार तँ पनि मसँग रिसाएपछि यो दुनियाँमा मेरो को छ र । साथी यार त पनि सेराजिममा काम गर । मलाई सेराजिमा गर्नु छैन ।
किन ? सबै कुराको जवाफ छैन मसँग । हेर गीतिका तैँले गर्दा यो कम्पनी खोल्दै मलाई तेरो साथ चाहिन्छ ।
‘‘साथी” । तँ भोलिबाट अफिस आउने । पछि सोचुँला मलाई पछि साँचि थाहा छैन, सुवास तिमी बुझेर कुरा गर्ने गर । भन्ने बित्तिकै कहाँ
हुन्छ ।
मलाई राम्रोसँग थाहा छ । हामी त्यहीँ घरमा बस्छौ अनि यो व्यापार बिजनेसलाई सबै जना मिलेर अगाडि बढाऔँ ।
साला कसलाई देखाउनु यार गीतिका भन्दै कपाल माथितिर फर्काएर मन्टो भित्तामा ठोक्छ । आँखा भरी आँसु ल्याएर पिलिज गीतिका तँ नाइँ नभन मलाई बिच बाटोमा नछोड् । यति खेर मैले बिचमा कुरा काट्दै तिमीलाई के भएको छ र ?
लामो श्वास फेर्दै तिमी भोलिदेखि काममा आऊ सबै कुरा थाहा हुन्छ । यो मेरो मात्र कम्पनी होइन । यसमा तिम्रो पनि हक छ ।
तिमीले गर्दा त यो कम्पनी खोल्न सफल भएँ पिलिज नाइ नभन है ।
आमा धोती मिलाउँदै आउनु भयो सुवास हतारिँदै आमा कस्तो लाग्यो ? कस्तो हलुको भयो राम्रो हुँदो रैछ । अब सधैँ आउने ठिक हुन्छ । भोलिदेखि बिहान आउने, कहाँ बस्ने बिचमा कुरा काट्दै तपाइँकी छोरी गीतिका म एउटै हौँ । ‘‘हेर गीतिका दिनभरि यतिकै बस्नु भन्दा काम गर्नु राम्रो हो । फेरि यसमा तेरो पनि लगानी छ
नि !”
मेरीे आमाले कुरा त बुझ्नु हुन्छ । आमा–‘‘कसको ?” कुरा पक्का भयो ‘‘गीतिका जाऊँ घर भन्दै बसेको ठाउँबाट उठेर दराजको ढोका खोलेर वाइकको चाबी निकालेर ढोका लगाएर आफू अगाडि लाग्छ । रियल्ली सुवासले मलाई माया गर्छ । म बसेको ठाउँबाट उठेर आमा र सुवासको पछिपछि लागेर हिँडेँ ।
सुवासलाई आउने जाने प्रायले–‘‘नमस्कार सर” भन्थे । ऊ नमस्कार फर्काउँदै जान्छ । ढोकामा पुगेपछि अगाडि फर्की राम्रोसँग हेर्ने हैइ म अहिले आउँछु भनेर आदेश दिएपछि उ सिडिमा भुटेको मकै जस्तै उछिट्दिै गयो । हामी पनि सिँढी अगाडिको बाइकमा बस्नु आमा । आमा धोती मिलाउँदै वाइकमा बस्नु भो । गीतिका बस ३ जना ट्राफिक..विचमा कुरा काट्दै तिमी बसन मलाई केही हुँदैन छिटो ।
म वरपर खुट्टा फिजाएर बसँे एकै छिनमा हामी त्यही एक तले घरमा गयौँ । भित्र गएर घर सफा गरेर मनमा अनेक कुरा खेल्न थाले साँझको खाना बनाएर खायौँ तिनै जनाले आमा र म कोठामा सुत्यौँ । ऊ अर्काे कोठामा । बिहानै ६ बजे दुवै जना ऋभचबनझ ? गएर साँझ ७ बजे घर फर्किने आमा । दिउँसो थेरापी गर्ने र आएर साँझमा खाना बनाउनु हुन्थ्यो ।
यस्तै गर्दा गर्दै गरिब १ वर्ष पुग्न थाल्यो । थेरापी गर्नको लागि बिस्ना र उसको आमा आउनु भयो ।
थेरापी गरेको १५ दिनमा बिस्नाको आमालाई केही सुधार भएपछि मेसिन घरमा लिने कुरा पक्का भयो । सुवास र विस्ना अलि धेरै नजिक भएको महसुस सबै स्टाफलाई भइ सकेको थियो ।
एक दिन अफिसमा सुवास र विस्ना सँगै बसेर कुरा गर्दै गरेको देखेँ । उनीहरुको लभ जति जति मौलाउँदै जान्छ मेरो मन त्यति त्यति नै जल्दै जान थाल्यो ।
एक दिन राति १ बजे म निन्द्रा नलागेर बाहिर निस्कँदा सुवास बाहिर आँगनमा बसेर फोन गर्दै गरेको सुनेँ ।
सायद फोनको अन्तिम अन्तिमा आएछु । ‘‘कान्छु सुत क्ष् ीइख्भ् थ्यग ? ‘उमा…उमा’ गरेर फोन गोजीमा राखेर आउँदा मसँग जम्काभेट
भयो ।
के हो लुकी लुकी हेर्ने अर्काेको व्यतिगत कुरामा यस्तो गरेको मलाई मन पर्दैन र म पनि गर्दैन ।
ओइ हेलो मैले कसलाई क्यै गरेको छैन । म भरखर आको र मलाई गर्नु पनि छैन ।
त्यही दिनदेखि सुवास र मेरो विस्तारै सम्बन्ध बिग्रन थाल्यो ।
सदाझैँ म आज बिहान ६ बजे उठेर ऋभचनझ गए टोकन बाँडे र भित्र जाँदा मेरो हातमा कसैले समातेको जस्तै मानेर म पछाडी फर्किएर सुवोध मुसुक्क हाँस्दै के छ ? म्बचष्लिन ? म अच्चम मान्दै ‘‘सुवोध तिमी” अरे मलाई त विश्वास लागि राको
छैन ।
अ म सुवोध नै हो भन्दै दुवै हातले गाला समातेर निधारमा चुम्वन ग¥यो । अब त विश्वास भयो लाज लागेर थोरै मन्टो तल पारेँ ।
जाऊँ माथि भन्दै सुवोधले अगाडि पाइला बढायो । म पनि पछिपछि हिँडे ।
मान्छेको भिडभाडसँगै हामी पनि ढोकामा गयौँ । सुबोध तिमी अफिसमा बस । म चिया लिएर आउँछु भन्दै म माथि भान्सामा गएर हतारिँदै चिया बनाएर हतारिँदै तल झरेँ । अगाडि जुनु मिसले लेक्चर दिएर डेढसय जनालाई कन्ट्रोल गरि रहेकी छिन् । बेडमा २६ जना अनि एक पटकमा तालिम लिने बिस्ना लगायत १०÷१२ जनाले लिइरहेका छन् । कति आउँदै छन् । कति जाँदै छन् । बिचबिचमा कसैले नमस्ते गरे, फर्काउँदै हिँडेँ ।
म ढोकामा पुगेर लेक्चरर तिर हेर्दा–‘‘गीतिका एकदमै राम्री र सहयोगी छ तर धेरै रन्डी पनि छ । अब यसलाई यहाँबाट निकाल्नु पर्छ सुवासले सुवोधलाई भनेको सुनेँ ।
म न पाइला अगाडि बढाउन सकँे न पछाडि एकाएक अँध्यारो भयो चारैतिर । हातको चिया भुइँमा खस्यो । क्रमश अर्को साता ….