Loading... आजः ६ असार २०८३, शनिबार । Saturday 20th June 2026
ताजा खबर
  

भूमिहिनलाई आवासको प्रत्याभूती हुने गरि काम गर्छुः सिँह

सुर्खेत ।

जिल्ला बसोवास व्यवस्थापन समिति सुर्खेतका अध्यक्ष रामबहादुर सिँहले संविधानमा व्यवस्था भए अनुसार भूमिहिनलाई आवासको प्रत्याभूत हुने गरि काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले सबैको समन्वयमा भूमीहिनलाई जग्गा उपयोग गर्न मिल्नेगरि अतिक्रमित सडक, अव्यवस्थित वसोबास, अतिक्रमित कृषि जग्गालाई व्यवस्थित गर्ने बताए । यो कार्यमा जिल्लास्थित, राजनैतिक दल, समितिका सदस्यहरु, सरोकारवाला सबैको आवश्यकता रहेको सिँहले औँल्याए ।

जिल्ला बसोवास व्यवस्थापन समिति सुर्खेतले औपचारिक रुपमा काम शुरु गरेको छ । समितिले बिहिवार वीरेन्द्रनगरमा कार्यालय स्थापना गरि औपचारिक रपमा काम शुरु गरिएको जनाएको छ । जिल्लामा रहेका भूमिहिन र अव्यवस्थित वस्तीहरुलाई व्यवस्थित तरिकाले बसोबास गराएर सरकारी, सार्वजनिक, गुठी तथा वन क्षेत्रको जग्गामा हुने गरेका अतिक्रमणलाई रोक्ने उद्देश्यका साथ सरकारले ‘व्यवस्थित बसोवास आयोग २०७३’ गठन गरेको हो । सुर्खेत जिल्ला समितिले यही माघ ७ गते औपतारिकता पाएको थियो । यसैबीच, बिहिवार भएको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्देलले जिल्लामा रहेका भूमिहिनहरुलाई व्यवस्थित गर्ने कार्यमा अधिकार सम्पन्न आयोगसंग मिलेर समन्वयको काम गर्ने बताए ।

उनले समितिलाई काम गर्ने क्रममा आफ्नो तर्फबाट हुने सहयोगमा विश्वस्त हुन आग्रह गरे । यस्तै, मालपोत कार्यालय सुर्खेतका प्रमुख तथा जिल्ला बसोबास व्यवस्थापन समितिका सदस्य सचिव रामप्रसाद खनालले पनि समितिसंग रहेर अतिक्रमित क्षेत्रलाई व्यवस्थापन गर्दै जाने बताए । कार्यक्रममा, वीरेन्द्रनगर नगरपालिका सुर्खेतका प्रमुख देवकुमार सुवेदी, लेकवेशी नगरपालिकाका प्रमुख गगनसिं सुनार, वीरेन्द्रगनर नगरपालिका वडा नं.५ का अध्यक्ष राजबहादुर गुरुङ, वडा नं.३ का अध्यक्ष भूपेन्द्र खत्री, जिल्ला वन अधिकृत हेमराज विष्ट, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।