Loading... आजः ९ असार २०८३, मंगलवार । Tuesday 23rd June 2026
ताजा खबर
  

छाता ओढेरै महोत्सवको उद्घाटन

दैलेख ।

पर्यटन, स्थानीय कला सँस्कृती, रहन सहन, स्थानीय उत्पादन, व्यापार व्यवसायको प्रवद्र्धन र असहाय अनार्थ बालबालिकाहरुलाई सहयोग गर्ने उदेश्यले दैलेख साँस्कृतिक महोत्सब सोमवारबाट सुरु भएको छ । माघे झरीका कारण छाता ओढेरै महोत्सवको उद्घाटन गरिएको छ । ८ दिन सम्म संचालन हुने महोत्सबको उद्घाटन गर्दै दैलेख निर्वाचन क्षेत्र नं. १ का प्रतिनीधि सभा सदस्य रविन्द्रराज शर्माले साँस्कृति रुपमा दैलेख जिल्ला प्रदेश नं. ६ कै धनि भएको बताए । रिर्पोटर्स क्लब दैलेख शाखाद्धारा आयोजित दैलेख साँकृतिक महोत्सबको उद्घाटन गर्दै शर्माले यस्तो बताएका हुन् । जिल्लाको साँस्कृतिक सम्पदाहरुको प्रचार प्रसार गर्नका लागि यस्ता साँस्कृतिक महोत्सबहरु आयोजना गर्नुपर्ने बताउदै शर्माले साँस्कृतिक महोत्सबले दैलेखको गरिमा बचाई राख्न आवश्यकता भएको शर्माको कथन थियो । महोत्सबले जिल्लाका पुराना सँस्कृतिहरु जोगाउन महत्वपूर्ण योगदान पुर्याउने बताउदै स्थानीय कला सँस्कृति बचाउन स्थानीय तहहरुले अभियान संचालन गर्न जरुरी रहेको बताए ।

महोत्सबको उद्घाटनमा दैलेख जिल्लामा ११ स्थानीय तहका प्रमुख, उपप्रमुखहरु, जिल्ला समन्वय समिति दैलेखका प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगाएत सहभागि थिए ।

पर्यटन, स्थानीय कला सँस्कृती, रहन सहन, स्थानीय उत्पादन, व्यापार व्यवसायको प्रवद्र्धन र अनार्थ बालबालिकाहरुलाई सहयोग गर्ने उदेश्यले आयोजना गरिएको महोत्सव ८ दिन सम्म संचालन हुनेछ ।

महोत्सबमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती आयोजकले जनाएको छ । आयोजकका अनुसार चर्चित गायीका अञ्जु पन्त, बद्री पंगेनी, केदार घिमिरे (माग्ने बुढा), दुर्गेस थापा, चर्चित गायक एस कुमार, गायिका स्मृती शाही, नायक दिलिप रायमाझी, ज्योती मगर लगाएतका राष्ट्रिय तथा स्थानीय स्तरमा चर्चित कलाकारहरुको प्रस्तुती रहने महोत्सवमा १ सय स्टल राखिएको छ ।

जिल्लाका ११ वटा स्थानीय तहका कला संस्कृती झल्कने झाँकी तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुती रहने महोत्सबका संयोजक गोविन्द केसीले जानकारी दिएका छन् । दैलेख साँस्कृति महोत्सबको उद्घाटन कार्यक्रम संयोजक गोविन्द केसीको अध्यक्षतामा भएको थियो । महोत्सबका स्थानीय उत्पादन र स्थानीय उद्यमी व्यापारिहरुलाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ ।