यस्तो छ नवनियुक्त प्रधानमन्त्री ओलीको राजनीतिक करिअर

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपटक मुलुकको प्रधानमन्त्री भएका हुन् । २००८ साल फागुन ८ गते झापामा जन्मिएका ओलीको राजनीतिक करिअर निकै उतारचढावपूर्ण छ । पछिल्ला केही वर्ष उनी नेपाली राजनीतिको केन्द्रमा छन् ।
भारतले नाकाबन्दी लगाउँदा उनी प्रधानमन्त्री थिए । उनी यसअघि गृहमन्त्री, परराष्ट्रमन्त्री तथा उपप्रधानमन्त्री भइसहेका छन् । ओली हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट भारी मतका साथ विजयी भएका थिए ।
०७१ असार १९–२५मा सम्पन्न भएको नवौं राष्ट्रिय महाधिवेशनमा ओली अध्यक्षमा निर्वाचित भएका थिए। माधवकुमार नेपाललाइ पराजित गरेर उनी अध्यक्ष पदमा पुगेका हुन्। यसअघि उनी ०७० माघ २१ मा सम्पन्न संसदीय दलको निर्वाचनमा संसदीय दलको नेता चुनिएका थिए।
बारखरी






