प्रदेश नं ६ को मन्त्रिपरिषद् गठन
६ फागुन सुर्खेत

प्रदेश नंं ६ मा मन्त्रिपरिषद गठन भएको छ । मुख्यमन्त्रि सहित सात मन्त्रालय रहेको प्रदेश नं ६ मा मन्त्रिपरिषद गठनसँगै शपथ ग्रहणको कार्यक्रम पनि आजै सम्पन्न भएको हो ।

गठन भएको मन्त्रिपरिषदमा आन्तरिक मामिला तथा कानून मन्त्रीमा नरेश भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रकाश ज्वाला, भौतिक पूर्वाधार विकास मन्त्रीमा खड्क खत्री , भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा विमला केसी , उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीमा नन्दसिंह वुढा र सामाजिक विकास मन्त्रीमा दल रावल चयन भएका छन् । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले मन्त्री नियुक्त गरेपछी मन्त्रीपरिषद गठन भएको हो ।

पहिलो मन्त्रिपरिषद वैैठकको ६ ,निणर्य
प्रदेश नंं ६ मा मन्त्रिपरिषद गठनंसगै पहिलो मन्त्रिपरिषद वैठकले ६ वटा निर्णय गरेको छ । जसको पहिलो निर्णयमा शहिदहरुप्रति श्रद्धान्जली , प्रदेश सरकारको लागि लिखित प्रमाणिकरण सम्वन्धि नियमावलि २०७४ स्विकृत , प्रदेश सरकार कार्य सम्पादन नियमावलि २०७४ स्विकृत, प्रदेश सरकार कार्य विभाजन नियमावलि २०७४ स्विकृत ,मन्त्रि परिषदको प्रवक्ता नियुक्ति र प्रदेशको विकास र समृद्धिका लागि ठोस कदम चाल्ने निर्णय गरेको छ ।






