चार मन्त्रीले लिए शपथ
काठमाडौँ ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वकाो सरकार सात सदस्यीय पुगेको छ । माओवादी केन्द्रका दुई र एमालेका दुई मन्त्रीले पद तथा गोपनियताको शपथ लिएपछि ओली नेतृत्वको सरकार सात सदस्यीय बनेको हो ।
रामबहादुर थापाले गृहमन्त्रीको शपथ लिँदै माओवादीका तर्फबाट सरकारको नेतृत्व गरेका छन् । प्रचण्ड नेतृत्वको पहिलो सरकारका पालामा रक्षामन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । त्यस्तै मातृका यादव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
उपप्रधान तथा अर्थमन्त्री बन्ने चर्चा पाएका एमाले महासचिव पोखरेल अन्तिममा रक्षामन्त्री बनेका छन् । पूर्व गभर्नर, योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडा भने अर्थमन्त्री बनेका छन् ।
राष्ट्रिय सभामा मनोनीत भएका खतिवडालाई सांसद्को शपथ नगराउन सर्वोच्चले आदेश दिएको छ । ६ महिनासम्म खतिवडा संघीय संसद्को सदस्य नबने उनको पद खोसिनेछ ।






