आगलागीमा परेर बालिकाको मृत्यु
फागुन ३०, सुर्खेत ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–९, घाटगाउँमा मंगलबार साँझ जगत नेपालीको घरमा आगलागी हुँदा छिमेकी बलहादुर ढोलीको छोरी वर्ष ४ की अनुषा ढोलीको घटनास्थलमै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । आगलागीमा परेर अर्का छिमेकी प्रदीप नेपालीको छोरा वर्ष ६, का निराजन नेपाली घाइते भएको प्रहरी नायव उपरीक्षक श्यामसिंह चौधरीले बताउनु भयो ।
आगलागीबाट साढे ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको उहाँले जनाउनु भयो । उहाँका अनुसार घरको आँगनमा खेलीरहेका ती बालबालिका अचानक आगोको चपेटामा परेका हुन् । आगलागीको घटना बारे थप अनुसन्धान भईरहेको उहाँको भनाइ छ । आगलागीको घटना सदरमुकाम वीरेन्द्रनगरदेखि करिब ७५ किलोमिटर टाढा दुर्गममा भएको थियो ।






