ओलीले गरे तेस्रो पटक मन्त्रिपरिषद् विस्तार
काठमाडौं :
प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। नयाँ मन्त्रीले शुक्रबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथ लिएका छन्।

एमलेको तर्फबाट प्रदीप ज्ञवाली परराष्ट्र, गोकर्ण विष्ट श्रम तथा रोजगार, रवीन्द्र अधिकारी पर्यटन, शेरबहादुर तामाङ कानुन, जगत विश्वकर्मा युवा तथा खेलकुद, रघुवीर महासेठ भौतिक तथा पूर्वाधार मन्त्री बनेका छन्। त्यसैगरी यसअघि वातावरण मन्त्रालय सम्हालेका लालबाबु पण्डितको मन्त्रालय परिवर्तन गरिएको छ। अब पण्डित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन्।
माओवादीबाट वर्षमान पुन ऊर्जा, गिरिराजमणि पोखरेल शिक्षा, चक्रपाणि खनाल ‘बलदेव’ कृषि सहकारी, शक्ति बस्नेत वन, बिना मगर खानेपानी मन्त्री बनेका छन्। शुक्रबारको मन्त्रिपरिषद् विस्तार भएसँगै १७ सदस्यीय मन्त्रिमण्डल बनेको छ।
संघीय समाजवादी फोरम भने आज सरकारमा सहभागी भएको छैन।






