Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

प्रधानमन्त्री रारा आउने

 

कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कर्णाली रारा पर्यटन पर्यटन वर्ष २०७५को उदघाटनका लागि रारामा आउन औपचारिक निम्तो दिनुभएको छ । मुख्यमन्त्री शाहीले विहिवार वेलुका आन्तरीक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी संगै प्रधानमन्त्री निवास वालुवाटार पुगेर निम्तोपत्र दिनुभएको हो ।

निम्तोपत्र ग्रहण पछि प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन वर्षको उदघाटनका लागि आफु रारामा आउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । भेटघाटका क्रममा पर्यटन वर्षको उदघाटन संगै कर्णाली प्रदेशमा हुने प्रधानमन्त्रीका अन्य कार्यक्रमहरु पनि निश्चित गरिएको छ ।

प्रधानमन्त्री ओलीले वैशाख १ गते नै रारावाट राष्ट्रका नाममा सम्वोधन गर्ने, पर्यटन वर्षको उदघाटन गर्ने, कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रहरु शेफोक्सुण्डो, छायानाथ, हिल्सा, पातालझरणाको अवलोकन गर्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको वैठकको अध्यक्षता गर्ने कार्यक्रम तय गरिएको छ ।

यसैगरी पर्यटन वर्ष उदघाटन कार्यक्रममा सरिक हुनका लागि मुख्यमन्त्री शाहीले पुर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुश्पकमल दाहाल (प्रचण्ड)लाई निम्तो दिनुभएको छ । मुख्यमन्त्री शाहीले शुक्रवार विहान नीजि निवास खुमलटार पुगेर पुर्वप्रधानमन्त्री प्रचण्डलाई निम्तोपत्र दिनुभएको थियो ।

प्रदेश सरकारले कर्णालीमा पर्यटन प्रवद्र्धनका लागि कर्णाली रारा पर्यटन वर्षको आयोजना गर्ने निर्णय गरेको थियो । प्राकृतिक सुन्दरताले भरिपुर्ण कर्णाली प्रदेश पर्यटनका हिसावले राम्रो सम्भावना वोकेको प्रदेश हो ।