Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

अखिल (छैठौं) को २१औ राष्ट्रिय सम्मेलन २०७५ असोजमा हुने

लमजुङ

नेकपा (मसाल) को बिद्यार्थी संगठन अखिल (छैठौं)को २१औ राष्ट्रिय सम्मेलन २०७५ असोजमा हुने भएको छ । लमजुङको घलेगांउमा यही चैत्र २३र२४ गते भएको राष्ट्रिय परिषदको वैठकले उक्त निर्णय गरेको हो ।


बैठकको उद्घाटन अखिल (छैठौ)का  केन्द्रीय अध्यक्ष विमल पोखरेलको प्रमुख अथित्यतामा सम्पन्न भएको थियो  भने  अध्यक्षता उपाध्यक्ष देवेन्द्र कुवरं स्वागत मन्तव्य उपाध्यक्ष रेशम कडेल र कार्यक्रमको संञ्चालन महासचिव भिमलाल पोखरेलले गर्नु भएको थियो ।

उद्घाटन समापन पश्चात् भयको वन्दसत्रले अध्यक्ष विमल पोखरेलले प्रस्तुत गर्नु भयको राजनैतिक तथा सांगठनिक प्रतिवेदन ,  कोषाध्यक्ष हस्तराज रेग्मीले प्रस्तुत गर्नुभयको अार्थिक प्रतिवेदन ,उपाध्यक्ष देवेन्द्र कुवरद्वारा प्रस्तुत विशेष प्रस्तावहरु र माहासचिव भिमलाल पोखरेलले प्रस्तुत अागामि कार्यक्रमलाई पारित गरेको छ   ।

संगठनले २०७५वैशाख १५देखि जेठ १५सम्मा सामाजिक अपराध र विकृतिका विरुद्ध( छैठौं )भन्ने मुल नाराका साथ देश व्यापि अभियान तथा सचेतना कार्यक्रम गर्ने तयभएको  कोषाध्यक्ष हस्तराज रेग्मीले जानकारी दिनुभयो ।  साथै जेठ अन्तिम साता सातवटै प्रदेशमा प्रदेशस्थरिय प्रशिक्षण गर्ने र  भदौ अन्तिम सम्म जिल्ला भेला तथा सम्मेलनहरु सम्पन्न गर्ने निर्णय भएको कोषाध्यक्ष हस्तराज रेग्मीले विगुल डट कमलाइ जानकारी दिनुभयो  ।