Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

रारा पर्यटन वर्ष उदघाटनका लागि ३९ लाख खर्च गर्दै प्रदेश सरकार

सुर्खेत २९ चैत्र ।

कर्णाली प्रदेश सरकारले २०७५ लाई पर्यटन वर्षको रुपमा घोषणा गरेको छ । यसको उद्घाटन रारामा महोत्सवको आयोजना गरेर गर्ने तयारी भइरहेको छ । पर्यटन वर्षको उद्घाटनमा मात्रै कर्णाली प्रदेश सरकारले ३९ लाख खर्च गर्दैछ । बुधबार साँझ बसेको बैठकले उद्घाटनमा मात्रै ३९ लाख खर्च गर्ने निर्णय गरेको हो । कर्णाली प्रदेशका विभिन्न स्थानीय तहले मेला तथा महोत्सवका साथै भ्रमण गरेर स्थानीय तहको बजेटलाई विकास निर्माण भन्दा पनि मोजमस्तीमै सिध्याएको भन्दै व्यापाक विरोध भइरहेको बेलामा कर्णाली प्रदेश सरकारले उद्घाटनमा मात्रै ३९ लाख बजेछ खर्च गर्ने निर्णयले कर्णालीबासी अचम्मित भएका छन् । प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्री, मन्त्री तथा संसदहरु समेतलाई रारामा पु¥याउने लक्ष्य राखिएको छ । कर्णाली प्रदेश सरकारको चौथो मन्त्रीपरिषद वैठकले पर्यटन वर्ष उद्घाटन कार्यक्रमका लागि ३९ लाख वजेट विनियोजन गरेको बताइएको छ ।

त्यसैगरी कर्णाली प्रदेश सरकारको रारामा वस्ने मन्त्रीपरिषद वैठकको एजेण्डा पनि तय गरेको भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री एवं सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिनुभयो । वैठकले पर्यटन वर्ष उदघाटन कार्यक्रमको व्यवस्थापकीय तथा प्राविधिक तयारी सम्वन्धी आवश्यक निर्णय गरेको पनि प्रवक्ता केसीले वताउनुभयो । प्रधानमन्त्री कार्यालयवाट प्राप्त प्रधानमन्त्रीको कार्यतालिकामा मौसमका कारण आवश्यक परिमार्जनका लागि अनुरोध गर्ने निर्णय समेत भएको प्रवक्ता केसीले जानकारी दिनुभयो ।