Loading... आजः २५ बैशाख २०८३, शुक्रबार । Friday 8th May 2026
ताजा खबर
  

आज नचलेका गाडीको रुट परमिट निलम्बन गछौँ : महानिर्देशक भट्टराई

काठमाडौँ, २१ वैशाख

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बन्द हडतालको नाममा सवारी नचलाउने यातायात समितिको रुट परमिट निलम्बन गर्ने बताउनुभएको छ ।
Image result for bus park kathmandu
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले गृहमन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र नेपाल प्रहरीको संयुक्त बैठकबाट आज सवारी नचलाउने सवारी साधनको रुट निलम्बन गर्ने निर्णय भएको बताउनुभयो । “सवारी तथा यातायात व्यवस्था ऐनअनुसार रुट परमिट निलम्बन गछौँ,” उहाँले भन्नुभयो ।

महानिर्देशक भट्टराईले बस सञ्चालनका लागि यातायात व्यवसायीसँग विनम्र अनुरोध गर्ने र अनुरोध नमाने कडा रुपमा प्रस्तुत हुने स्पष्ट पार्नुभयो । बीमालगायत केही जायज माग सम्बोधन गर्न सरकार तयार रहेको उहाँको भनाइ थियो । उहाँले सिन्डिकेट लाद्ने बस व्यवसायी समिति तथा व्यवसायीले बैंकबाट धमाधम पैसा निकालेको सूचना आएको भन्दै बैंक खाता रोक्नका लागि गृहमन्त्रालयले गृहकार्य शुरु गरिसकेको बताउनुभयो ।

भट्टराईले व्यवसायीसँग छलफल गरी ल्याइएको २०४९ को ऐनलाई कार्यविधिमार्फत लागू गर्न खोजिँदा व्यवसायीले आपत्ति जनाएको उल्लेख गर्नुभयो । फर्म, कम्पनी र सहकारीमार्फत यातायात सञ्चालन गर्न पाउने व्यवस्था सरकारले गरेको भन्दै भन्नुभयो, “व्यवसायीले कार्यविधि नै पढेनन्, कुरै नबुझी विरोध गरिरहेका छन् ।”

व्यवसायीले आन्दोलनलाई निरन्तर दिए निजी विद्यालय, प्रहरी, नेपाली सेना लगायतका विभिन्न क्षेत्रका बस प्रयोग गरेर यात्रुलाई सेवा दिने उहाँको भनाइ थियो ।
(रासस)