Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

इन्धनमा भएको मूल्यबृद्धि विरुद्ध प्रदर्शन

जेठ २३, सुर्खेत
पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिनुपर्ने माग राख्र्दै नेपाल विद्यार्थी संघ सुर्खेतले आज जिल्ला प्रशासन कार्यालयमा धर्ना सहित मंगलगडि चौकमा १ घन्टा चक्काजाम गरेको छ ।

सरकारले पटकपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दै देशलाई कालाबजारी र माफिया चंगुलमा फसाएर दैनिक उपभोग्य वस्तुमा समेत मूल्य वृद्धि गराउने योजनामा लागेको भन्दै त्यसको विरोधमा नेपाल विद्यार्थी संघ आन्दोलित भएको नेबिसघ मध्यपश्चिम बिश्वबिद्धालय समितिका अध्यक्ष यज्ञ रामजालिले बताए ।

यस्तै नेविसंघका केन्द्रिय सदस्य हरि शर्मालेले तत्काल सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नलिए आन्दोलनका कार्यक्रम सशक्त बनाउने बताए । उनले भने, सरकारले जनताको ढाड सेक्नेगरी मूल्यवृद्धि गरेको बताउँदै जनजीवनमा नकारात्मक असर पारेको बताए । पटक–पटक जनताका ढाड सेक्नेगरी कृत्रिम मूल्यवृद्धि गरी जनताको जनजीवन थप कष्टकर बन्दै गइरहेको बताए ।