Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

करदाता शिक्षा कार्यक्रम सम्पन्न

९ असार, सुर्खेत ।
करदाता सेवा कार्यालय सुर्खेतको आयोजना तथा कम्प्यूटर एशोसियसन महासंघ (क्यान) सुर्खेत शाखाको समन्वयमा करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा करदाता सेवा कार्यालय सुर्खेतका कर अधिकृत यज्ञराज ढकालले करदाताले पाउने सेवा सुविधा र सत्य तथ्य विवरण पेश गरी कर तिर्दा हुने फाइदाहरु उल्लेख गर्नुभएको थियो ।

Image may contain: 1 person, smiling, standing
कर अधिकृत ढकालले भन्नुभयो, ‘कुनै पनि विवरणहरु भर्दा अनुसूची १३ मा गल्ती भएमा त्यसलाई सिष्टममा समेत सच्चाउन नमिल्ने भएकोले करदाता समस्या पर्दछन् । कुनै पनि सामानको खरिद मूल्य घटाएर बिल काट्न नपाइने र कूल लागतको २० प्रतिशत भन्दा बढि नाफा राखेर कुनैपनि सामान बिक्री गरेमा कालो बजारी हुने हुँदा त्यसो गर्नु हुँदैन ।’ हामीहरु बिचमा बिल लिने दिने कुरामा कमी भएका कारण पनि राजश्व प्रभावित हुने गरेको ढकालको भनाई थियो । केही प्रावधानहरु राखेर २०७५ पौषसम्मका लागि केही स्किमहरु ल्याइएकोले उक्त समयसम्म पुराना करदाताहरुले कर तिरी लाभ लिन अनुरोध समेत गरिएको थियो ।

Image may contain: 5 people, including Prem Prakash Chand and Ram Kishor Rawal, people sitting, table and indoor
कार्यक्रममा सुर्खेतका विभिन्न व्यापारीहरुलगायत क्यानका पदाधिकारी एवम् सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रममा मुख्य आयकर विवरण, आय विवरण पान दर्ता गर्ने प्रक्रिया, इ–फाइलिङ्ग गर्ने तरिका, अनुमानित आय विवरण, आय विवरणको म्याद थप गर्ने तरिकाहरु सिकाइएको थियो । कार्यक्रममा कर्णाली प्रदेश क्यान अध्यक्ष पूर्णदेव अधिकारी र क्यान सुर्खेतका अध्यक्ष प्रेमप्रकाश चन्दको उपस्थिति रहेको थियो ।