Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

सामुदायिक विधालयका ५ सय बढि अभिभावकलाई सम्मान गरीँदै

सविता जिसी ।
असार २४, सुर्खेत ।
जिल्लाका सामुदायिक विधालयका ५ सय भन्दा बढि जना अभिभावकलाई सम्मान गरिने भएको छ । बालबालीकालाई सामुदायिक विधालयमा पढाउनका लागि अभिभावकलाई प्रोत्साहित गर्ने उदेश्यले कक्षा १ देखि ३ मा अध्ययनरत विधार्थीहरुका अभिभावकहरुलाई सम्मान गर्न लागिएको हो ।


सुर्खेत सहित देशभरका १६ जिल्लामा संचालन भएको राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत सुर्खेतमा रहेका ५ सय ९ सामुदायिक विधालयका १÷१ जना अभिभावक गरी ५ सय ९ जना अभिभावकलाई सम्मान गर्न लागिएको हो ।

बालबालिकाको पठन सिप विकास गर्ने उद्देश्यले युएसएआईडिको आर्थिक तथा प्राविधिक सहयोग र जिल्ला नेपाल सरकार शिक्षा मन्त्रालयद्धारा सञ्चालित राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्र्तगत अभिभावक सम्मानका लागि शिक्षा विकास तथा समन्वय ईकाई सुर्खेतले विभिन्न आधारहरु खडा गरेको छ ।

बालबालीकाहरुलाई नियमित विधालयमा पठाउने, बालबालीकाहरुलाई स्वस्थकर खाजाको व्यवस्था गर्ने, नियमित रुपमा विधालयको पठनपाठबनारे जानकारी लिने लगायतका विषयका आधारमा उत्कृष्ट अभिभावक छनौट गरिने छ ।

यस्तै अभिभावक छनौट गर्दा विधालयलाई रचनात्मक सहयोग गर्ने, विधालयका निति नियम र आचारसंहितालाई पालना गर्ने विषयलाई पनि आधार बनाईएको छ । सम्मानका लागि विधालय व्यवस्थापन समितिले सिफारीस गर्ने छ, सिफारीस गरिएका अभिभावकलाई स्थानीय तहका शिक्षा प्रमुखको अध्यक्षतामा गठन हुने ७ सदस्यीय अभिभावक मुल्यांकन अनुमोदन समितिले अन्तिम रुप दिनेछ ।
सामुदायिक विद्यालयबाट सम्मानका लागि छनौट हुने अभिभावकलाई प्रमाण पत्र र दोसल्लाले सम्मान गरिने शिक्षा विकास तथा समन्वय ईकाई सुर्खेतका उपसचिव जितबहादुर शाहले जानकारी दिए ।

जिल्लाका ९ वटै स्थानीय तह असार मसान्त सम्म सक्ने योजना रहेको शाहको भनाई छ । उपसचिव शाहले भने, “यो सम्मानले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउँदा सम्मान पाइन्छ भन्ने भावनाको विकास अभिभावकहरुमा गर्ने छ ।”

शाहले अभिभावक सम्मान कार्यक्रमको उदेश्य प्राथमिक तहका विधार्थीहरुको शैक्षिक गुणस्तर वृद्धि गर्नु भएको बताए । विधार्थीको शैक्षिक स्तर कस्तो बनाउने भन्ने महत्वपूर्ण भुमिका भएका अभिभावकहरु सधै पछाडि परीरहेको भन्दै अभिभावक सम्मान कार्यक्रम गर्न लागिएको हो उपसचिव शाहको भनाई छ ।