Loading... आजः २१ आश्विन २०८३, बुधबार । Wednesday 7th October 2026

जुन देशले युवालाई काम दिन सक्दैन त्यो देश बन्दैन

क्वीक खबर सम्बाददाता
२३ माघ २०७३ सुर्खेत
जिल्ला युवा समितिका अध्यक्ष टेकेन्द्र कुमार बस्नेतले जुन देशले आफ्ना युवाहरुलाई काम दिन सक्दैन त्यो देश कहिल्यै समृद्ध बन्न नसक्ने बताउनु भएको छ । जिल्ला युवा परिषदले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो कुरा बताउनु भएको हो । जिल्ला युवा परिषदको अध्यक्षमा नियुक्त भइसकेपछि अध्यक्ष बस्नेतले सुर्खेत जिल्लामा युवा लक्षित कार्यक्रमहरु संचालन गर्ने तर्फ अघि बढिसकेको समेत बताउनु भएको छ ।

?

राजनीतिक दलहरुले युवालाई लडाकुको रुपमा प्रयोग गर्ने र पछि वेवास्ता गर्ने गरेकाले युवाहरु केवल उनीहरुको स्वार्थको भ¥याङ मात्र भएको बताउँदै अबका दिनहरु युवाहरुलाई प्रयोग भन्दा पनि देश निर्माणका साथै उनीहरुको भविष्यको सुनिश्चित गर्नुपर्ने बेला आएको छ उहाँको कथन थियो ।
रोजगारीको अभाव एकातिर अर्कोतिर दैनिक खर्चको समेत समस्या भएकोले पनि कतिपय युवाहरु गलत कार्यमा संलग्न भएको पाइएको अवस्थामा उनीहरुलाई आत्मनिर्भर बनाउनका लागि लाग्नु पर्ने अवस्था आएको जिल्ला युवा परिषदले जनाएको छ ।
वैदेशिक रोजगारीमा भएका युवाहरु स्वदेश फर्केपछि उनीहरुले सिकेको सीप यहाँका अन्य युवाहरुलाई समेत सिकाउनु पर्ने, नीति निर्माणदेखि देश संचालन गर्ने कार्यमा समेत युवाहरुको पहँुच पु¥याउनु पर्ने, युवाहरुलाई प्रोत्साहन गर्नु पर्ने र स्वरोजगारको व्यवस्था गरेर वैदेशिक रोजगारमा जाने युवाको लर्को रोक्नु पर्ने बस्नेतको भनाई थियो ।
युवा परिषदले (चार अ) अधिकारको सुनिश्चितता र दायित्वबोध, आम समृद्धी दियो विकास र शान्ति, अनेकतामा राष्ट्रिय एकता र सहअस्तित्व, अनुभव र तथ्यबाट सत्यको खोजी साथै त्यस्तै (चार स) सामाजिक न्याय र सिद्धान्त, समावेशिता र सामाजिक संरक्षण र सम्बद्र्धन, सहभागीता र सहकार्य रणनीतिका रुपमा अघि सारेको छ ।
युवा परिषदले देशभरका प्रत्येक निर्वाचन क्षेत्रबाट एउटा वडाको छनौट गरी १० जनाको समूह बनाई ‘एक वडा दश युवा एक उद्यम’ कार्यक्रमको संचालन गर्न लागेको र उक्त कार्यक्रमका लागि छनौटमा परेका वडालाई ५ लाख निब्र्याजमा बिना धितो ऋण लिने र उक्त ऋण किस्ता किस्तामा ५ वर्षमा असुल गर्ने नीति रहेको जिल्ला युवा परिषद कार्यालयका प्रमुख भोज शर्माले बताउनु भयो ।