Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

नेविसंघको महाधिवेशन कात्तिकमा

 

काठमाडौँ, ९ साउन

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले आगामी कात्तिक २३ गतेभित्र नेविसंघको १२ औँ महाधिवेशन सम्पन्न गर्ने बताउनुभएको छ ।

उहाँले त्यसका लागि नेविसंघको निर्देशन समितिको बैठक चलिरहेको र त्यस समितिले छिट्टै मिति घोषणा गर्ने जानकारी पनि दिनुभयो ।

रिपोर्टर्स क्लबमा आज आयोजित कार्यक्रममा महरले नेपाल विद्यार्थी संघ विधिभित्र रहेर सञ्चालन भइरहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “मैले नेविसंघभित्र गलत निर्णय गरेको छैन । असन्तुष्ट पक्षसँग पनि छिटै मिलाप हुने र एकताबद्ध हुन्छ ।”

नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेले वर्तमान अध्यक्षले मनोमानि गरेको र नेविसंघ विधिसम्मत नचलेको बताउनुभयो ।

उहाँले २२ सदस्यीय पदाधिकारीलाई विधान विपरित अध्यक्ष महरले तीन जना थपेर २५ पु¥याएको बताउनुभयो । उहाँले नेविसंघका २२ जिल्लामा विवाद रहेको दाबी गर्नुभयो ।

(रासस)