Loading... आजः ७ बैशाख २०८३, सोमबार । Monday 20th April 2026
ताजा खबर
  

सातौ दिनमा चार लाख दान संकलन

१३ श्रावण, सुर्खेत ।

सुर्खेतमा रहेको प्राचिन शिव मन्दिरलाई  प्रदेशकै समृद्ध (स्मार्ट) मन्दिर निर्माण गर्ने उद्देश्यका साथ यहि साउन ०७ गते सोमबार देखि  वीरेन्द्रनगर ९ लाटिकोइली स्थीत ऐतिहासिक, प्राचिन एवंम् धार्मिक शिबमन्दिर सुर्खेतमा जारी “शिवमहापुराण, श्रावण मेला लाटिकोली सुर्खेत धार्मिक शिव महामहोत्सव २०७५” मा आज (श्रावण १३ गते) करिव ४ लाख रुपैया दान संकलन भएको छ ।

फाइल फोटो

महामहोत्सवमा आज लाटिकोइलीका स्थानीय समाजसेवी डम्मरविक्रम जिसीले १ लाख १ हजार १ सय ११, वीरेन्द्रनगर ९ का तुलसी गिरीले  १ लाख ५ हजार १ सय ११, वीरेन्द्रनगर ९ का दलबहादुर खत्रीले २१ हजार १ सय ११ गरि  करिव ४ लाख रुपैया दान संकलन भएको महामहोत्सव सचिवालयका भूपेन्द्र घर्तीले बताउनुभयो । यसै गरी घर्तिका अनुशार आज मौसमका कारण श्रद्धालु दर्शनार्थि भक्तजनहरुको उपस्थितीमा पनि  कमी भएको थियो ।

यसै गरी महामहोसत्वको ६औं दिन वीरेन्द्रनगरका १ देखि १६ वटा वडा कार्यालयले रु ११ हजार १ सय ११ का दरले दान गरेको वडा नं ९ का अध्यक्ष सुरेश मानन्धरले बताउनुभयो ।