Loading... आजः १३ असार २०८३, शनिबार । Saturday 27th June 2026
ताजा खबर
  

वक्तृत्वकला प्रतियोगीता सम्पन्न

सुर्खेत
कर्णाली प्रदेश स्थापनाका लागि शदाहत प्राप्त गरेका शहिदहरुको सम्झनामा अमर ज्योति नमुना उमावि नेवारेमा वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ । मावि स्तररीय अन्तर सदनात्मक प्रतियोगीतामा भुपेन्द्र सुनार प्रथम, दिपेन्द्र कुमार बिसी द्वितीय, नारायण आचार्य तृतीय र बिनिता वलीले सान्त्वना स्थान प्राप्त गरेका छन् । शान्ता गौतम दिपक विष्ट र टेकेनद्र बस्नेत निर्माणक मण्डल रहेको उक्त प्रतियोगीता याम बिसी स्मृति प्रतिष्ठानका सचिव भगवती बिसीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवम् वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ का वडाध्यक्ष लोकप्रसाद चालिसेले शहिदले रगत बगाएकोले आज कर्णाली बासी बन्न पाएको गौरव गर्नु पर्ने बताउनु भयो । साथै उहाँले भन्नु भयो, शहिदको सपना साकार पार्नु पनि कर्णालीबासीको कर्तव्य र जिम्मेवारी दुबै हो । साथै अमर ज्योति नमुना उमाविका विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले शहिदको सम्झनामा भएको कार्यक्रमले विद्यार्थीको प्रतिभालाई प्रस्फुटन गराउनुका साथै शहिदको सम्झनालाई ताजा बनाई शहिदले देखाएको बाटोमा हिड्न सबैलाई प्रेरित गर्ने बताउनु भयो ।