जंगली जनावरको कारणले सुत्न पाउँदैनन् कृषकहरु
कृष्ण प्रसाद अधिकारी
श्रावण २३ दुल्लु दैलेख
जंगली जनावरले वर्षेबाली मकै नष्ट गर्न थालेपछि दुल्लु नगरपालिका ५,८ का किसान चिन्तित बनेका छन । मुख्य खाद्यबालीका रूपमा रहेको मकै बालि लगातार जंगली जनावरले नष्ट गर्न थालेपछि किसानहरू चिन्तित बनेका हुन । मकैको घोगा लाग्ने बेला जंगली जनावर बंदेल र दुम्सी ले मकैबाली नष्ट गर्न थालेपछि अनिकाल पर्ने चिन्ताले पिरोल्न थालेको दुल्लु नगरपालिका ५ रनुखाना का स्थानीय कृर्षक थिर प्रसाद जैसीे रिमालले बताए ।

कृर्षकहरु रात भरी टवामा बसी पहरा दिए पनि मकैबाली जोगाउन मुस्किल भएको कमला रिजाल बताउनु भएको छ । यस्तै द्धारीचाखाका अर्का कृषक टिकाराम शर्माले जंगली जनावरले गर्दा आफुहरु मर्कामा परेको बताएका छन। स्थानियहरुका अनुसार करिब तिन बर्ष देख बदेल र दुम्सी ले यसरी मकै नष्ट गरेपनि वडा कार्यालय तथा नगरपालीकाले कुनै चासो नदिएको गुनासो गर्दछन ।
मकै को घोगा लाग्न सुरु भए देखी मकै पाकेर भित्राउन्जेल सम्मा हरेक राति आफ्नो बास मकै बारी म हुदैआएको त्यहाँका स्थानिय कृर्षक ओम प्रसाद रिजाल बताउछन। भने यसरी जंगली जनावारले मकै बाली नस्ट गदै जाँदा आफुहरु करिब २ महिना सुत्न समेत नपाएको कुरा त्यहाँका सबै कृषर्कको भनाइ रहेको छ ।
बदेल्लले मकै नस्ट गरेको ठाउँमा हामि पुग्दा स्थानिय कृर्षकहरु बोत्तलमा सलाईका काँटि चुना हालेर रातिको समयमा पट्काउने सामाग्रि बनाउदै गरेको शुस्मदृस्टि साप्ताहिक का दैलेख संम्वाददाता कृष्ण प्रसाद अधिकारी र बालेश्वर साप्ताहिक का सम्वाददाता पुस्कर रिमाल ले जानकारी गराएका छन् ।
यस पटक पानी ढिला लगाएका कृर्षकले मकैको घोगा लाग्ने समयमा नस्ट हुँदा समेत स्थानीय सरकारले आफ्नो गुनासो नसुनेको बताएका बेला यता नगर पालिका का नायब सुब्बा प्रेम खड्का ले भने वडा कार्यलय बाट सिफारिस ल्याएर आएमा जंगली जनावरला नियन्त्रणको पहलको लागी नगरपालिकाले सक्ने सहयोग कृर्षकलाई गर्न सकिने कुरा बताउनु भएको छ ।








