भदौ २ गते विशेष सास्कृति कार्यक्रमको आयोजना गरिने
सुर्खेत
सुर्खेतको वीरेन्द्रनगरमा यही भदौ २ गते विशेष सास्कृति कार्यक्रमको आयोजना गरिने भएको छ। तनाब छ जिन्दगीको आयोजना तथा मध्पश्चिममाञ्चल विश्वविधालयको संयोजनमा कार्यक्रमको आयोजना हुन लागेको हो। आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर आयोजकले पहिलो पटक विश्वविधालयउमा अध्ययनरत विधार्थीको पहलमा कार्यक्रमको आयोजना गरिएको जनाएको छ। कार्यक्रममा मध्पश्चिममाञ्चल विश्वविधालयको प्रवर्दन,स्थानिय कला साँस्कृतिको सशक्तिकरण,विधार्थिहरुको नेतृत्व वृद्घि विकासको लागी कार्यक्रमको आयोजना गरिएको तनाब छ जिन्दगीका उपाध्यक्ष कविराज गिरीले जानकारी दिनुभयो।

उहाँले स्थानिय स्तरमा रहेका कला साँस्कृतिको जगेर्ना गर्ना तथा प्रर्वदनमा यो कार्यक्रमले महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रम संञ्चालनको लागी २ लाख ७५ हजार रकम लाग्त लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा राष्ट्रिय कलकाकार यसकुमार सहित स्थानिय प्रस्तुति समेत रहेको आयोजकले जनाएको छ। कार्यक्रममा डान्स कम्पटिसन,टेक्निकल टक,साँस्कृतिक नृत्यहरु,बट बक्स,र्याप गित विशेष आकर्षणको रुपमा रहेका छन।
यस्तै दी ज्यापर्स,लिगाली एण्ढ फ्युजन ब्याण्डफ,विभिन्न परिकारका खानाको स्टल र अवलोकन स्टलका साथै मनोरञ्जनात्मक प्रस्तुतिहरुको समेत रहेका छन। विश्वविद्यालयको प्रवद्र्धन गर्न र विद्यार्थीहरुमा निहीन प्रतिभाहरु प्रष्फुटन गराउन यो कार्यक्रमको आयोजना गरिएको कार्यक्रम व्यवस्थापक निकुञ्ज पाण्डेले जानकारी दिनुभयो। कार्यक्रममा बचेको रकम कोषमा राखेर विद्यार्थीहरुको हकतिका लागि खर्च गरिने उहाँले बताउनुभयो। कार्यक्रमको व्यवस्थापनको जिम्मा निकुञ्ज पाण्डे, रोशन गिरी र संजय योगीले गर्नुभएको छ। विश्वविधालयमा सधै आन्दोलन र धर्नामात्र भर्इरहेको समयमा पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरेर नयाँ सन्देश दिन खोजेको उहाँको भनार्इ छ।






