Loading... आजः १४ बैशाख २०८३, सोमबार । Monday 27th April 2026
ताजा खबर
  

पुस्तक विमाेचन कार्यक्रम भव्य रूपमा सम्पन्न

२०७५ श्रावण काठमाडौं
 दैलेखी सेवा समाज, काठमाडौंकाे वार्षिक मुखपत्र “ज्वाला सन्देश” र रामकृष्ण अाचार्य “विशेष्य” काे पहिलाे कृति “अादीविम्व” प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा एक भव्य समाराेहका बीच माननीय वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले विमाेचन गर्नु भयाे । दैलेखी सेवा समाजका संस्थापक अध्यक्ष डा. मधुसूदन गिरी र नेपाल प्रज्ञा प्रतिष्ठानकाे प्राज्ञ सभा सदस्य प्रा. जगत् उपाध्यायले पुस्तक माथि समीक्षा गर्नु भएकाे थियाे । साेहि कार्यक्रममा दैलेख जिल्लाबाट संघीय संसदमा प्रतिनिधित्व गर्नुहुने माननीय सांसदहरू राजबहादुर बुढा, रवीन्द्रराज शर्मा, पार्वती विशुन्खे तथा कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने माननीय सदस्यहरू अमरबहादुर थापा र धर्मराज रेग्मीलाई बधाई तथा सफल कार्यकालकाे शुभकामना दिइएकाे थियाे । उक्त कार्यक्रममा सर्जक लालबहादुर खत्रीले अाफ्नाे कृती “साैंराई लागी राई सुवाकी” न्याउल्या काव्य १०१ थान दैलेखी सेवा समाजलाई दान गर्नु भएकाे थियाे ।
दैलेखी सेवा समाजकाे वार्षिक मुखपत्र “ज्वाला सन्देश” जिल्लाकाे राजनीति, साहित्य र संस्कृतिकाे ईतिहास, विकास, युवा नीति, शिक्षा, खेलकुद, लाेक साहित्य सम्बन्धी लेख रचना, संस्मरण, कविता जस्ता पठनिय सामग्रीहरू समेटिएकाे कुरा मुखपत्रका प्रधान सम्पादक एवम् सेवा समाजका महासचिव माेहन शाहीले बताउनु भएकाे छ । कार्यक्रममा बाेल्दै माननीय वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले दैलेख जिल्ला सामाजिक क्षेत्र, साहित्यिक सिर्जना, नीति निर्माण तह, प्राज्ञिक तहमा प्रभावका हिसावले देशकै अग्रणी जिल्ला रहेकाे भनी मुक्तकण्ठले प्रशंसा गर्नु भएकाे थियाे । विमाेचन कार्यक्रम दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाहीकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।