Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

बिद्यालयमा तोडफोड , लाखौ रकमको क्षति

कृष्ण प्रसाद अधिकारी
श्रावण २८  दुल्लु दैलेख

दुल्लू नगरपालिका वडा नं. ३ मा रहेको श्रीकृष्ण आधारभुत बिद्यालय नारीकामुल बिद्यालयमा तोडफोड भएको छ ।
विद्यालय तोडफोड हुँदा लाखौ रकमको क्षति भएको जनाइएको छ । तोडफोड हुँदा बिद्यालयमा भएको १०० एम्पियरको सोलार ब्यट्री , २ वटा मल्टिपलक्स , मर्मत सामग्री हथौडा , आधा केजी बेन्डीङ तार, पिलास जस्ता सामग्री चोरी भएको प्रधानाध्यापक टंक बहादुर कार्कीले बताउनु भयो । सो घटनामा संलग्न रहेको आशंकामा दुल्लू नगरपालिका वडा नं. ३ का स्थानीय प्रेम बादीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दुल्लूका प्रमुख वजिर सिंह बिस्टले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको इनिस्पेक्टर बिस्टले बताउनु भयो