Loading... आजः ११ असार २०८३, बिहीबार । Thursday 25th June 2026
ताजा खबर
  

राप्रम संगठनले बुझायो ज्ञापन पत्र (ज्ञापन पत्र सहित)

भाद्र ६ सुर्खेत

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन जिल्ला कार्य समिति सुर्खेतले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ । नारा जुलुस सहित जिल्ला प्रशासन कार्यालय सुर्खेतमा पुगेका महिलाहरुको नेतृत्व गरिरहेकी राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन सुर्खेतकी अध्यक्ष सीतादेवी खाँडले जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत पदमलाल लामीछानेलाई ज्ञापन पत्र बुझाएकी थिइन । बलात्कारीलाई फाँसी दे, महिला हिंसा अन्त्य गर, महिलाका अधिकार सुनिश्चित गर लगायतका नारा लगाउँदै देशमा पछिल्लो समयमा डरलाग्दो तरिकाले बढिरहेका बलात्कार तथा महिला हिंसाका घटनाहरु प्रति सरकार गम्भीर हुन आग्रह गरेका थिए ।


ज्ञापन पत्रमा भनिएको छ, महिलाका हक अधिकारका कानूनहरु बनेपनि त्यसको कार्यान्वयन हुन नसकेको, मानवीयता, नैतिकता विना सामाजिक अवस्था विकराल बन्दै गएको अवस्थामा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले देश व्यापी विरोधका कार्यक्रमहरु गरिरहेको बताइएको छ ।

ज्ञापन पत्रमा नैतिक शिक्षा अनिवार्य बढाउने व्यवस्था गर्न र बलात्कारीलाई सर्वाेस्व हरण सहित आजीवन काराबासको सजायको माग गरिएको छ ।

ज्ञापन पत्र