Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

प्रहरी चौकी भवन उद्घाटन

सुर्खेत

भाद्र ६
प्रहरी चौकी मेहेलकुना भवनको उद्घाटन गरिएको छ । गुर्भाकोट नगरपालिकाका मेयर श्री हस्त बाहादुर पुनले एक कार्यक्रमका बीच भवनको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा मेयर पुनले भन्नुभयो, अपराध गर्नेहरु प्रहरीसँग डराउने भएपनि प्रहरी जनताको सेवा गर्ने भएकोले सज्जनहरु डराउनु पर्दैन । प्रहरी दुःख सुखको साथी भएकोले पनि कानूनको पालना गर्नु गराउनु प्रहरीको दायित्व भएको उहाँको भनाई थियो ।


गुर्भाकोट नगरपालिकाको १० लाख ३९ हजार ९ सय ९ रुपैयाको सहयोगमा जस्ताले छाएको ६ कोठे भवन निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । भवन उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरे ईलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक श्री मधुसुधन न्यौपानेको समेत उपस्थिति रहेको थियो ।