सुर्खेतमा रफत संचार क्लब : अध्यक्षमा अधिकारी
सुर्खेत २४ माघ २०७३
सुर्खेतमा रफल संचार क्लबको गठन भएको छ । जसको अध्यक्षमा खगेन्द्र अधिकारी चयन हुनुभएको छ । भक्तपुरमा केन्द्रिय कार्यालय रहेको उक्त क्लबको सुर्खेत जिल्ला शाखाका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष रमेशकुमार पाण्डे सचिव सबिता जिसी सहसचिव डिल प्रसाद शर्मा कोषाध्यक्ष बखत बुढा चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा चाँदनी के.सी. र आइसिं रोका चयन हुनुभएको छ भने प्रकाश अधिकारी, सुशिल अधिकारी कलेन्द्र सेजुवाल सल्लाहकारमा चयन हुनुभएको रफत संचार क्लब सुर्खेतका सचिव सबिता जिसीले जानकारी दिनुभयो ।
कार्यक्रममा रफतका केन्द्रिय अध्यक्ष सुशिल बन्धु थापाको समेत उपस्थिति रहेको थियो । 






