Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

दृष्टिविहिनहरुको क्रिकेट प्रतियोगीता हुने

सुर्खेत

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा यही भाद्र १६ गते दृष्टिविहिनहरुको क्रिकेट प्रतियोगीता हुने भएको छ । पाइनियर बहुउद्देश्यीय सहकारी संस्था लि. ले १५ औं स्थापना दिवसको अवसरमा जिल्ला स्तरीय दृष्टिविहिनहरुको क्रिकेट प्रतियोगीताको आयोजना गरेको हो । करिब ३५ हजार खर्च लाग्ने उक्त प्रतियोगीतामा सुर्खेतको राकम र रामघाट विद्यालयका ११ / ११ जना खेलाडिहरुले भाग लिने आयोजक संस्थाले जनाएको छ । प्रतियोगीतामा स्थान प्राप्त गर्ने खेलाडिलाई मेडल तथा प्रमाणपत्र र सहभागी खेलाडिहरुलाई प्रमाणपत्र प्रदान गरिनुका साथै उनीहरुलाई आउने जानेदेखि खाने बस्नेसम्मको व्यवस्था गरिने आयोजक संस्थाका सहसचिव माधवप्रसाद खनालले जानकारी दिनुभयो ।


खेलसंयोजक रमेश तुलाधरले खेलाडिहरुको खेल विकाससँगै दृष्टिबिहिनहरुको खेलप्रतिको विकासका लागि यस प्रतियोगीताको आयोजना गरिएको बताउनु भयो । ३ हजार ७ सय ५२ जना शेयर सदस्य रहेको यस संस्थाका ५ वटा सेवा केन्द्रहरु संचालनमा छन् । कार्यक्रममा संस्थाका उपाध्यक्ष उपेन्द्रबहादुर खड्काले भन्नुभयो, मानव विकासका लागि यस संस्थाले विगतदेखि नै यस्ता कार्यक्रमहरु गर्दै आइरहेको छ ।