भेरी यातायातको परीक्षा रहस्यमय
नेपालगन्ज ।
भेरी अञ्चल यातायात व्यवस्था कार्यालयमा शनिबार भएको स्कुटर, मोटरसाइकल र कारको लिखित परीक्षाको क्रममा प्रष्ट रुपमा जे देखियो त्यो भने पूर्ण रुपमा रहस्यमय जस्तो अनुभव गरिएको छ । राष्ट्रिय खबर डट कमको समूह परीक्षाको प्रत्यक्ष प्रशारणको क्रममा परीक्षा शुरु हुनु पुर्व परीक्षा हलमा प्रवेश गर्दा त्यहाँ रहेका सम्पूर्ण कर्मचारीहरु सर्तक हुनुको साथै परीक्षा हलभित्र बसेका अनुसन्धान ब्यूरोका प्रहरी निरिक्षक देवी प्रसाद पौडेल समेत हक्क न भक्क परेका थिए । स्कुटर, मोटर साइकलको ७.२० बजे परीक्षा शुरु भएको थियो भने कारको लागि करिब ८ बजे परीक्षा शुरु भएको थियो । भेरी अञ्चल यातायात व्यवस्था कार्यालयका कर्मचारी लगायत जिल्ला ट्राफिक कार्यालयको उपस्थितीको साथै रहस्यमय तरिकाले अनुसन्धान ब्यूरोका प्रहरी निरिक्षक पौडेलको समेत उपस्थिती रहेको थियो ।

यातायात कार्यालयले सवारी चालक अनुमतिको लागि लिइने परीक्षामा अनुसन्धान ब्यूरोको उपस्थितीले केही आशंका ब्यक्त गर्नुका साथै परीक्षा हलभित्र उनको उपस्थितीले केही ट्राफिक प्रहरीले टिकाटिप्पणी गरेतापनि अगाडि आएर भन्ने कसैको हिम्मत नभएको बताए । अनुसन्धान ब्यूरोका प्रहरी निरिक्षक पौडेलका आफन्तहरु केही मोटरसाइकल र कारको लाइसेन्सको लागि परीक्षा दिएकाले विशेष सिफारिसका साथ परीक्षा हलमा उपस्थि भएको केहीले बताए ।
जुन सुकै परीक्षामा मिडियाले शान्त वातावरणमा प्रत्यक्ष प्रशारण लिने क्रममा कहि रोकटोक नभएको अवस्थामा शनिबार भेरी अञ्चल यातायात व्यवस्था कार्यालयले लिएको परीक्षाको क्रममा प्रत्यक्ष प्रशारण गर्न रोक लगाइएको थियो भने परीक्षा कोठालाई रहस्यमय तरिकाले पूर्ण रुपमा बन्द गरेर परीक्षा लिन लगाइएको थियो । परीक्षा दिने क्रममा के के भयो भन्ने कुरा यातायात कार्यालयका कर्मचारी, ट्राफिक प्रहरी, प्रशिक्षार्थी र रहस्यमय तरिकाले उपस्थित भएका अनुसन्धान ब्यूरोका प्रहरी निरिक्षकलाई मात्र थाहा हुने भएको कारण लाइसेन्सको चलखेल भने अहिलेसम्म बाहिर आएको छैन । यातायात कार्यालयमा लाइसेन्स लिने क्रममा पैसाको निकै चलखेल हुने चर्चासँगै शनिबार भेरी अञ्चल यातायात व्यवस्था कार्यालयले लिएको परीक्षाको माहोलबाट पुष्टि समेत भएको थियो ।
स्कुटर, मोटर साइकल र कारको लागि कति जनाले परीक्षाले दिएको विषयमा भन्न नरुचाएका यातायात कार्यालयले परीक्षामा पास भएका वा नभएका परीक्षार्थीको कापी समेत पारदर्शी नगराउने बताएको छ । परीक्षामा को को पास भए अनि को को फेल भए भन्ने विषयमा यातायात कार्यालयको बन्द फाइलमा नै रहने तथा कसैलेपनि खोल्न नमिल्ने भन्दै ठाडो जवाफ समेत दिने गरेका छन् ।






