Loading... आजः २४ बैशाख २०८३, बिहीबार । Thursday 7th May 2026
ताजा खबर
  

मप विश्वविद्यालयको विभिन्न संकायमा प्रमुखको पदभार ग्रहण

सुर्खेत ।

मप विश्वविद्यालयको असोज ६ र ७ गते बसेको कार्यकारी परिषद्को निर्णयले उहाँहरुलाई प्रमुखमा नियुक्त गरेको हो । सोमबार एक कार्यक्रमको आयोजना गरी तीनै जना नवनियुक्त प्रमुखहरुलाई उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोईरालाले पदभार ग्रहण गराउनुका साथै कार्यकाल सफलताको शुभकामना दिनुभएको छ ।

मप विश्वविद्यालयको विभिन्न संकायमा प्रमुखको नियुक्ति

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका सहप्राध्यापक डा. आनन्दप्रसाद सुवेदी परीक्षा व्यवस्थापन प्रमुखमा नियुक्त हुनुभएको छ । डा. सुवेदी यसअघि मानविकी तथा सामाजिकशास्त्र केन्द्रीय क्याम्पसको प्रमुख हुनुहुन्थ्यो । यसैगरी उपप्राध्यापक तेजबिक्रम बस्नेत मानविकी तथा सामाजिकशास्त्र केन्द्रीय क्याम्पसको क्याम्पस प्रमुखमा नियुक्त हुनुभएको छ ।

यसैगरी सहप्राध्यापक अर्जुन ऐडी मप विश्वविद्यालय कानुन सङ्काय अन्तर्गतको कार्यक्रम निर्देशकमा नियुक्ति हुनुभएको छ । नवनियुक्त प्रमुखहरुले विश्वविद्यालयको शैक्षिक उनन्नयनका लागि काम गर्ने बताए ।