स्यार्पू पर्यटन महोत्सव उद्घाटनको तयारी पूरा
सुर्खेत ।
दोस्रो स्यार्पू पर्यटन महोत्सव उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको छ । असोज ११ गते बिहीबार अर्थात भोली मध्यान्ह १२ बजे महोत्सवको उद्घाटन गर्ने गरी सम्पूर्ण तयारी पूरा भैसकेको मुल आयोजक समितिले जनाएको छ । मुल आयोजक समितिका सचिव चन्द्रबहादुर केसीले प्रतिनिधि सभा सदस्य तथा पूर्व गृह मन्त्री जनार्दन शर्मा प्रभाकरले महोत्सवको उद्घाटन गर्नुहुने छ । महोत्सव उद्घाटनका लागि प्रभाकर रुकुम पुगिसक्नु भएको छ ।
महोत्सव उद्घाटनमा स्थानीय सस्कृति झल्खने झाँकी प्रस्तुत गरिने जनाइएको छ । पञ्चेबाजा, सिगारु नाच, पैसरु तथा मयुर नाच, झाँक्री नाच प्रस्तुत गरिने छ । बाँफिकोट गाउँपालिकाको समृद्धिका लागि भन्दै गाउँपालिकाले महोत्सव आयोजना गरिएको हो । यस अघि २०६७ सालमा पहिलो पटक स्यार्पूताल छेउमा पर्यटन महोत्सव आयोजना गरिएको थियो । स्थानीय स्तरको सस्कृति, स्थानीय उत्पादनको प्रवद्र्धन, स्यार्पुताल तथा अन्य धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरी गाउँपालिकाको विकासमा टेवा पुर्याउन लक्ष सहित महोत्सव आयोजना गरिएको छ ।
महोत्सवका लाडि सडक मर्मत तथा सफाई स्वागतद्धार तथा मञ्च निर्माणको काम सबै सकिएको छ । ‘जल,जंगल, जडिबुटी, कृषि, कला, सस्कृति हाम्रा उत्सव, बाँफिकोट समृद्धिका लागि दोस्रो स्यार्पू पर्यटन महोत्सव’ भन्ने नारा सहित आयोजना गरिएको महोत्सवमा खुला महिला तथा पुरुष भलिवल प्रतियोगितो हुदैछ । जसमा प्रथम हुने समुहले नगद ५० हजारको साथमा मेडल र प्रमाण पत्र, दोस्रो हुने समुहले नगद ३५ हजारको साथमा मेडल र प्रमाण पत्र, तेस्रो हुने समूहले नगद २० हजारको साथमा मेडल र प्रमाण पत्र हात पार्ने छ । यसैगरी सान्त्वना हुने समूहलाई दश हजार नगद पुरस्कार दिइने छ भने अनुशासित समूहलाई नगद ५ हजार र उत्कृष्ठ खेलाडीलाई नगद २ हजार पुरस्कार दिइने छ । महिला पुरुष दुवै भलिवलको पुरस्कारको राशि समान रहेको छ । महोत्सवमा पञ्चेबाजाको पनि प्रतिसप्रधा गराइने छ ।
पञ्चेबजामा प्रमथले १५, दोस्रोले १२ र तेस्रो हुनेले ८ हजार नगद पुरस्कार पाउनेछन् । यसैगरी सिङ्गारु नाचमा प्रथम आउनेलाई दश, दोस्रोलाई ७, तेस्रोलाई ५ र सान्त्वना हुनेलाई २ हजार रुपैयाँ नगद दिइने जनाइएको छ । महोत्सवमा झाँक्री नाच पनि देखाइने छ । त्यसमा सहभागि प्रत्येक व्यक्तिलाई एक हजार पाच सयका दरले पुरस्कार दिने निर्णय गाउँ कार्यपालिकाले गरेको छ ।






