Loading... आजः २४ बैशाख २०८३, बिहीबार । Thursday 7th May 2026
ताजा खबर
  

जिपले मोटर साइकल लाइ ठक्कर दिँदा एक जना घाइते

सुर्खेत

सुर्खेतको कटकुवा नजीकै आज बिहान करीब ७ बजे तिर जिपले मोटर साइकल लाइ ठक्कर दिँदा एक जना घाइते भएका छन् । दैलेख बाट सुर्खेत तर्फ आउँदै गरेको भे १ त २५७६ नम्बरको जिपले सुर्खेतको बिरेन्द्रनगर बाट दैलेख तर्फ जाँदै गरेको भे ४ प ३०२६ नम्बरको मोटर साइकल लाइ ठक्क्र दिदाँ मोटर साइकल चालक घाइते भएका छन् भने मोटर साइकल पूर्णरुममा जलेर नष्ट भएको छ ।

घाइते मोटर साइकल चालक दैलेख नारायण नगरपालीका बर्ष ३३ का दिपकराज शर्मा रहेको र उनलाइे उपचारका लागी विरेन्द्रनगर ल्याइएको अस्थाइ ट्राफिक प्रहरी पोष्ट गोठिकाँडाका प्रहरी जवान कुल बहादुर शाहीले बताउनु भयो । जिप विपरीत दिशा बाट आएकाले दुघटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । गाडि चालक भने फरार भएकाले खोजी कार्य जारी रहेको प्रहरीको भनाइ रहेको छ ।