Loading... आजः २४ बैशाख २०८३, बिहीबार । Thursday 7th May 2026
ताजा खबर
  

विवेकशील साझाको प्रदेश स्तरीय आमसभा १९ गते

सुर्खेत
विवेकशील साझा पार्टीले यही असोज १९ गते शनिबार दिउसो ३ बजे कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रदेश स्तरीय आमसभा गर्ने भएको छ । प्रदेश स्तरीय आमसभामा विवेकशील साझा पार्टीका केन्द्रिय संयोजक रविन्द्र मिश्रले सम्बोधन गर्ने कार्यक्रम रहेको विवेकशील साझा पार्टी कर्णाली प्रदेशले जनाएको छ ।


कार्यक्रममा डा. सूर्यराज आचार्य, केशव दाहाल विशिष्ठ अतिथि तथा गेहेन्द्र दाहाल, रञ्जु दर्शना, सुविना बस्नेत, प्रकाश चन्द्र परियारलगायतका नेताहरु अतिथिको रुपमा सभालाई सम्बोधन गर्ने विवेकशील साझा पार्टी कर्णाली प्रदेश प्रमुख गेहेन्द्र दाहालले क्वीकखबर डटकमलाई जानकारी गराउनु भयो ।

कार्यक्रममा कर्णाली प्रदेशका विवेकी व्यक्तित्वहरुको उपस्थिति रहने हुनाले पनि यो आमसभालाई विशेष रुपमा हेरिएको दाहालको भनाई छ । उहाँले भन्नुभयो, हामी साँच्चिकै समृद्ध नेपालका लागि कर्म गरिरहेका छौ त्यसैले युवादेखि बृद्धसम्म र सानादेखि ठूलासम्म सबैको साथ र सहयोग हामीलाई हुन्छ भन्नेमा हामी ढुक्क छौ । ‘हामीले तय गरेको बाटो के हो र कस्तो छ भन्ने बारेमा हाम्रा विचारहरु सुनि दिन र हामीलाई मार्गदर्शन गर्नका लागि आमसभा उपस्थित भइदिन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु’ दाहालले भन्नुभयो ।