Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

दोस्रो अन्तरपालिकास्तरीय भलीबल प्रतियोगिताको उपाधि डुङ्गेश्वरलाई

कृष्ण प्रसाद अधिकारी
असोज १६ दुल्लु दैलेख

दैलेख जिल्लाको दुल्लु नगरपालिकाको पटाङ्गीनीमा दोस्रो अन्तरपालिकास्तरीय भलीबल प्रतियोगीता सम्पन्न भएको छ ।


शहिद पुर्ण स्मृति प्रतिस्ठानको आयोजनामा भएको अन्तरपालिका स्तरीय भलीबल प्रतियोगीताको समापन समारोहमा बोल्दै समापन कार्यक्रमका प्रमुख अतिथि एंवम दुुल्लु नगरपलिकाका मेयर घनश्याम भण्डारीले दुल्लु नगरपालिको तथा सहिद पुर्ण स्मृती प्रतिष्ठानले प्रत्येक बर्ष यस्ता खेलकुदका कार्यक्रम गदै आए पनि यस पटकको भलीबल प्रतियोगीता एकदमै फलदायी भएको कुरा बताउँदै दुल्लु नगरपालिका भर्खर स्थापना भएकाले यहाँ केही समस्या रहेको र खेलाडीलाई खाना तथा बस्नमा कुनै समस्या भए आफ्नै स्थानीय तह मानी दुल्लुबाट जादाँ सबैले राम्रो सन्देश लिन अनुरोध गर्नुभएको छ ।


असोज १४ देखी सुरु भई आज सम्पन भएको अन्तरपालिकास्तरीय भलिबल प्रतियोगितामा डुङ्गेश्वर गाउँपालिकाको टिम प्रथम चामुण्डाबिन्द्रासैनी नगरपलिकाको टिम दितिय र आठबिस नगरपालिका को टिम तृतिय भएका छन । भने भलिबल प्रतियोगितामा प्रथम,दितिय र तृतिय टिमलाई आकर्षक पुरस्कारका साथ सबै टिमलाइ प्रमाण पत्र र मायाको चिनो प्रदान गरीएको छ ।