Loading... आजः २२ बैशाख २०८३, मंगलवार । Tuesday 5th May 2026
ताजा खबर
  

आवाजको १८ औं साधारण सभा सम्पन्न

सुर्खेत

‘हिंसा रहित समानतामुलक समाजको निर्माण गरौ ।’ भन्ने नाराका साथ २०५६ माघ २८ मा स्थापना भई महिला तथा बालबालिकाहरुको क्षेत्रमा रहेर काम गर्दै आइरहेको आवाज संस्थाले १९ औ बार्षिक उत्सव, १८ औ साधारण सभा तथा छैटौ अधिवेषन सम्पन्न गरेको छ ।

संस्थाले आइतबार एक कार्यक्रमको आयोजना गरि उक्त कार्यक्रम गरेको हो । कार्यक्रमका प्रमुख अथिति एवं कर्णाली प्रदेश सामाजिक विकास मन्त्री दल रावलले आवाज निमुखा महिला, उत्पिडीत, गरिब तथा बालबालिकाहरुको साच्चिकै आवाज बनेको बताए ।

उनले समाजमा भैरहेको महिला हंसा पिडीतहरुकोलागि विभन्न कार्यक्रमहरु गरेर कर्णाली प्रदेशमा भैरहेका हिंसाका घटनाहरुलाई कम गर्न आवाज सफल भएकोमा खुशी ब्यक्त गरे ।
संस्थाकी अध्यक्ष ईरादा(पराजुली) गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाकी निर्देशक पवित्रा शाहीले प्रगती प्रतिवेदन प्रस्तुत गरेकी थिइन भने संस्थाको आर्थिक प्रतिवेदन संस्थाकी कोषध्यक्ष विनिता तन्दुकारले गरेकी थिइन ।

यस्तै, सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भुषाल, समाज जागरण केन्द्र स्याक नेपालका प्रतिनिधि, गोलोवल एक्सन नेपालकी खगेश्वरी बोहोरा, वातावरण समाज सुर्खेतकी शोभा ढकाल, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरिक्षक प्रदिप बहादुर क्षेत्री, नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको पूर्व अध्यक्ष श्रीधर पौड्याल, अन्तर्निभर समाज सुर्खेतका प्रतिनिधि, जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रतिनिधि, वीरेन्द्रनगनगरपालिका वडा नम्बर ८ का वडा सदस्य लगायतको सहभागीता रहेको कार्यक्रमको सञ्चालन भने संस्थाका सचिव नन्दबहादुर भण्डारीले गरेका थिए ।