Loading... आजः २० बैशाख २०८३, आईतवार । Sunday 3rd May 2026
ताजा खबर
  

स्मृति प्रतिष्ठानको शुभकामना आदान प्रदान

सुर्खेत ।
विजया दशमी तथा दिपावली र छठ पर्वको अवसरमा याम बिसी स्मृति प्रतिष्ठानले शुभकामना आदान प्रदान गरेको । सुर्खेतको वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी शुभकामना आदान प्रदान गरेको ।

कार्य समिति सहित सल्लाहकार समेतको उपस्थितिमा शुभकामना आदान प्रदान गरिएको संसथाका सचिव भगवती बिसीले बताउनु भयो ।
कर्णाली प्रदेश स्थापनाका लागि भएको आन्दोलनमा सुर्खेतका तीन जना याम बहादुर बिसी, टीकाराम गौतम र गोपालसिं रजवार तथा जुम्लाका हरिबहादुर कुँवरले शहादत प्राप्त गरेका थिए । शुभकामना कार्यक्रममा याम बिसी स्मृति प्रतिष्ठानका अध्यक्ष एवम् शहिद पिता शेरबहादुर बुढाले शहिदहरुको आत्माको शान्तिको कामना गर्दै शुभकामना प्रदान गर्नुभएको थियो । शुभकामना आदान प्रदानको अवसर पारेर संस्थाले शहिदहरुको सम्मानका लागि विभिन्न कार्यहरु गर्ने निर्णय समेत गरेको बताइएको छ ।