Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

सुर्खेतमा पनि भित्र्याइयो फूलपाती

सुर्खेत
प्रत्येक वर्ष जस्तै यसपालि पनि सुर्खेतमा पनि फूलपाती भित्र्याइएको छ । आज सप्तमीको दिन नेपाली सेना, नेपाल प्रहरी लगायतको टोलीले सुर्खेतको मंगलगढीबाट फूलपाती जिल्ला प्रशासन कार्यालयमा लगि हर्ष बढाईसहित भित्र्याइएको छ ।

दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याई मनाइँदैछ ।


घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने गरिन्छ ।
नवपत्रिका तथा तलेजु भवानीलाई सम्मान गारदसमेत अर्पण गरिएको थियो । नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने भएकोले आज दिन भर जुनसुकै समयमा पनि फूलपाती भित्र्याउने गरिन्छ ।