मानव स्वास्थ्यलाई ख्याल गरेर होटल संचालन गर्छौ : सिंह
सुर्खेत ६ कार्तिक
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा संचालन आउन लागेको होटल बुलबुले भ्यू का म्यानेजिङ डारेक्टर जनक सिंह ठकुरीले मानव स्वास्थ्यलाई ख्याल गरेर होटल संचालन गर्ने बताउनु भएको छ । होटल उद्घाटनको पुर्वसन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनमा म्यानेजिङ डारेक्टर सिंहले यस्तो बताउनु भएको हो ।

३ करोड ८५ लाखको लागतमा संचालनमा आउन लागेको होटल बुलबुले भ्यू पर्यटन पवद्र्धनको आधारको रुपमा संचालन गर्न लागेको सिंहको भनाई थियो ।
पत्रकार सम्मेलनमा बोल्दै सिंहले भन्नुभयो, ‘२०७५ सालको वैशाख १ गते कर्णाली पदेश सरकारले धर्तीको अप्सराको रुपमा रहेको रारा तालको आगनबाट पर्यटन वर्षको रुपमा घोषणा गरेको थियो । जसमा यस वर्ष ५ लाख पर्यटनहरु भित्रयाउने लक्ष्य राखिएपनि अहिलेसम्म लगभग १९ हजार पर्यटक मात्र भित्रिनुले पदेश सरकारको लक्ष्य पूरा नहुने देखिन्छ । त्यसको मूख्य समस्या भनेको पर्याप्त होटलको व्यवस्थापन नहुनु पनि हो । विशेष गरी कर्णाली प्रदेशको राजधानी सुर्खेतमा समेत सुविधा सम्पन्न पर्याप्त होटल नहुनुले पनि यसलाई प्रभाव पारेको छ । त्यसैले सुविधा सम्पन्न बास, स्तरीय खाना र मनोरञ्जनात्मक शान्त वातावरण सहितको होटलको परिकल्पना सहित होटल बुलबुले भ्यू को शुरुवात गर्न गइरहेका छौ ।’
होटलमा खानाको परिकारको रुपमा भेज तथा ननभेज, अर्गानिक र पञ्जाबी खानाका परिकारहरु उपलब्ध हुने बताइएको छ । होटलमा एसीसहितका १० वटा एटेच कोठाहरु रहेका छन् भने पर्याप्त पार्किङ्गको व्यवस्था, गाडि रिर्जवको व्यवस्था समेत रहेको होटल व्यवस्थापनले जनाएको छ । पत्रकार सम्मेलनमा ग्राहकहरुको सुविधा र मागलाई मध्यनजर गरी सेवा सुविधाहरु थप गर्दै जाने लक्ष्य रहेको बताइएको छ ।
साथै विशेष कलाकारहरुको उपस्थितिमा साप्ताहिक रुपमा संस्कृतिक कार्यक्रम र पाक्षिक रुपमा एकल वा युगल गजल साँझ कार्यक्रम गर्नुका साथै निरन्तर रुपमा आउने ग्राहकहरुको लागि लजिङ्गमा १० प्रतिशत र सञ्चारकर्मीहरुलाई लजिङ्गमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको डाइरेक्टर सिंहले जानकारी दिनु भयो । सिंहले भन्नुभयो, ‘बुलबुले उद्यानको पवेशद्वारमा रहेको यस होटलले सुर्खेत लगायत कर्णाली प्रदेशमै पर्यटन प्रवद्र्धन गर्नेछ भन्ने विश्वास लिएका छौ । हामीले व्यापारिक धर्म निर्वाह गर्दै गाहकहरुको सेवा, सुविधा र सन्तुष्टिलाई विशेष ध्यान दिने बाचा गर्दछौं ।’ होटेल कार्तिक ७ गते कोजागत पूर्णिमाको अवसरमा विधिवत रुपमा कर्णाली प्रदेश सरकारका पर्यटन मन्त्री नन्द सिं बुढाको प्रमुख आतिथ्यतामा उदघाटन गरिने बताइएको छ ।






