प्रहरीको जनचेतना मुलक कार्यक्रम
सुर्खेत
जिल्ला प्रहरी कार्यालय सुर्खेतले आगामी पौष मशान्त सम्ममा सुर्खेत जिल्लामा रहेका सम्पुर्ण वस्तीहरुका जनसमुदाय समक्ष सामुदायिक प्रहरी साझेदारीता कार्यक्रम अन्र्तगतका जनचेतनामुलक तथा अन्तरक्रिया कार्यक्रमहरु गर्ने लक्ष्य अनुसार यस जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयहरु २८ वटा ईकाईहरुबाट आ–आफ्नो वडा एरियाहरुमा आउदै गरेको चाडवाड सम्बन्धी सुरक्षा ब्यबस्था, आतिसबाजी, पटाका जस्ता बिष्फोटक पर्दाथ ओसार पसार गर्न, बिक्री बितरण गर्न हुदैन भन्ने बारेमा जनचेतना मुलक कार्यक्रम गरेको छ ।
सवारी दुर्घटना न्यूनिकरण गर्ने सम्बन्धी सचेतना, घरेलु हिंसा, लागु औषध दुर्वेशन, अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री बितरण, मानव बेचबिखन, बाल हिंसा बिरुद्ध, र साईबर अपराध सम्बन्धी जनचेतनामुलक तथा अन्र्तक्रिया कार्यक्रम संचालन गरिएको जसवाट अन्दाजी १ हजार ५ सय जना लाभान्वित भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।







