बुलबुले भ्यूले गर्यो पहिलो ग्राहकलाई सम्मान सहित विदाई
सुर्खेत
सुर्खेतको वीरेन्द्रनगरमा भरखरै संचालनमा आएको होटल बुलबुले भ्यूले पहिलो ग्राहकलाई सम्मान सहित विदाई गरेको छ । होटलका म्यानेनिङ्ग डाइरेक्टर जनक सिंह ठकुरीले होटल उद्घाटनको दिनमै पहिलो ग्राहकको रुपमा आएका विदेशी पाहुनाहरुलाई खादासहित मायाको चिनो प्रदान गर्दै सम्मानसहित विदाई गर्नुभएको हो ।
ग्राहकहरुले होटलको सेवाबाट सन्तुष्ट रहेको भन्दै होटलमा कार्यरत सबै कर्मचारीहरुलाई नगदसहित उपहार प्रदान गरेका थिए । उनीहरुले पर्यटनको प्रवद्र्धनका लागि यस्ता होटलहरुको आवश्यकता रहेको समेत बताए । ग्राहकहरुको विदाई कार्यक्रममा होटलका म्यानेनिङ्ग डाइरेक्टर जनक सिंह ठकुरीले आफूले होटल क्षेत्रमा भारतमा गरेको लामो अनुभवबाट यो होटलको शुरुवात गरेको बताउनु भयो । केवल पैसा कमाउने उद्देश्य भन्दा पनि स्थानीय स्तरमै सेवा प्रदान गर्ने र धेरै भन्दा धेरैलाई रोजगार दिने उद्देश्य रहेको उहाँको भनाई थियो ।










