नगदसहित जुवाडे पक्राउ
सुर्खेत
पछिल्लो समयमा सुर्खेतमा जुवा खेल्नेहरु धमाधम पक्राउ पर्न थालेका छन् । तिहार नजिकै आइरहेको बेला जुवा खेल्नेहरुको विगविग बढिरहेको बेला प्रहरीले आफ्नो सक्रियता बताएको छ ।
![]()
सुर्खेत प्रहरीले जुवाखालबाट चार जना जुवाडे पक्राउ गरेको छ । वीरेन्द्रनगर–६ बुद्धपथबाट एक लाख ४६ हजार ६ सय नगदसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लेकवेशी नगरपालिका स्थायी ठेगाना भई हाल वीरेन्द्रनगर–६ बस्ने यम ढकाल, वीरेन्द्रनगर–११ चनौटेका गगन विष्ट, वीरेन्द्रनगर–११ पिपिरा बस्ने गणेश पौडेल र वीरेन्द्रनगर–४ बस्ने विशाल हमाल रहेको नगर प्रहरी कार्यालय वीरेन्द्रनगरमा सई तेजबहादुर खड्काले जानकारी दिए । उनका अनुसार उनीहरुको साथबाट प्रहरीले १ लाख ४२ हजार ६ सय रुपैयाँ बरामद गरेको छ ।
जुवाखालबाट जुवा खेलिरहेको विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीको भनाई छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले बताए ।






