Loading... आजः १६ भाद्र २०८३, मंगलवार । Tuesday 1st September 2026

मन्त्री केसीद्धारा कैदीलाई फलफुल वितरण

सुर्खेत १७ ,कात्तिक

कर्णाली प्रदेश सरकारका प्रवक्ता एंवम भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्री विमला केसीले जिल्ला कारागार सुर्खेतमा रहेका कैदि वन्दीहरुलाई फलफुल वितरण गरेकी छन ।
विजया दशमी,दिपावली तथा छठको उपलक्ष्यमा मन्त्री केसीले सुर्खेत कारागारमा रहेका कैदि वन्दीहरुलाई आज फलफुल वितरण गरेकी हुन ।

फलफुल वितरण पछि भएकोे अन्तरक्रियामा मन्त्री केसी समक्ष कैदि वन्दीहरुले विभिन्न माग राखेका छन । काररागारमा रहेका कैदी वन्दीहरुले मन्त्री केसी संग कैदिबन्दी हरुका लागी कारागार भित्र आयआर्जनका क्रियाकलाप संचालनका गर्न माग गरेका छन । उनिहरुले कैदिवन्दीहरुका लागी सरकारले विशेष सहयोग गर्नुपर्ने माग समेत गरेका हुन । जेल भित्र रहेका जेष्ठनागरिकहरु लाई जम्मा कैदमा हुने २५ प्रतिशत छुट नभएको भन्दै मन्त्री केसीलाई पहल गरिदिन आग्रह गरेका छन । पुस्तकालयमा कानुन सम्बन्धीका पुस्तकरुको अभाव रहेको भन्दै आवश्यक ब्यवस्थाका लागी मन्त्री केसीको ध्यानकर्षन गराएका हुन ।

कैदि वन्दीहरुका लागी कर्णाली प्रदेशको सरकारका तर्फवाट आयआर्जनका लागी सिपमुलक कार्यक्रमको ब्यवस्था गरिने कृषि मन्त्री केसीले जानकारी दिइन ।