शान्त रह्यो सुर्खेतमा तिहार : प्रहरी
सुर्खेत २३ कार्तिक |
यमपञ्चकको पाँचौ दिन आज शुक्रबार भाइटीका हो । भाइटीकाको दिनसम्म आइपुग्दा सुर्खेतमा तिहार शान्तिपूर्ण रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

गतवर्षका तिहारहरु जस्तो हो–हल्ला नभएको र यस वर्षको तिहार निकै शान्त वातावरणमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (डिएसपी) प्रदीप बहादुर क्षेत्रीले बताउनु भयो ।

माइकिङ्ग समेत गरी सर्वसाधारणहरुलाई जानकारी गराएकोले भैली खेल्नेहरुले समयमा नै बन्द गरिदिएका कारण पनि वातावरण रहेको क्षेत्रीको भनाई छ । उहाँले भन्नुभयो ‘यसपटक पटका आतसबाजी गर्नेहरुलाई तिहार पहिले नै नियन्त्रणमा लिई कारवाही अगाडि बढाएकोले गतवर्ष जस्तो पटका आतसबाजी समेत भएन । कहिँ कतै समान्य मोटरसाइकल दुर्घटना भएपनि यो समाचार तयार पार्दासम्म सवारी दुर्घटना समेत नभएकोले यसपटकको तिहार सुखद रहेको’ उहाँको भनाई थियो ।

‘प्रहरीले २४ सैं घण्टा कडा ड्यूटी दिएको र सर्वसाधारण, नागरिक समाज, सञ्चार माध्यमलगायतले पनि सकारात्मक भूमिका निर्वाह गरेकोमा सबै धन्यवाद ज्ञापन गर्दै अबको बाँकी समयमा पनि समाजमा शान्ति सुरक्षा कायम गर्नलाई प्रहरी सक्रियताका लागी रहेको र सरोकारवालाहरु सबैको साथ र सहयोगको अपेक्षा गरेका छौ’ डिएसपी क्षेत्रले भन्नुभयो ।






