Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

भगवतीमाई गाउँपालिकामा तालाबन्दी

दैलेख २ मंसिर ।
दैलेखको भगवतीमाई गाउँपालिकामा नेपाली काँग्रेस गाउँ कार्य समितिले तालाबन्दी गरेको छ । एक प्रेस विज्ञप्ति प्रकाशित समेत गरी उसले तालाबन्दी गर्नुको कारणहरु बारे स्पष्ट पारेको छ । गाउँपालिकाले प्रतिपक्षहरुको कुरै नसुनेको र मनोमानी ढंगले गाउँपालिकाका कार्यक्रमहरु गर्ने गरेको आरोप नेपाली काँग्रेसले लगाएको छ ।

गाउँपालिकाले गत आ. व.को आय–व्यय विवरण समेत सार्वजनिक नगरेको विज्ञप्तिमा उल्लेख छ । योजना छनोट गर्ने क्रममा पनि गाउँपालिकाका पदाधिकारीहरुले एकलौटी रुपमा गर्नुका साथै सार्वजनिक रुपमा नगरी गोप्य कोठामा गर्ने गरेको र कर्मचारीहरु नियुक्ती गर्दा समेत राजनीतिक आस्थाका आधारमा गर्ने गरेको आरोप लगाइएको छ ।

भरखरै मात्र गाउँपालिकाले निर्माण गर्न थालेको शहिद मयाराम रेग्मीको सालिक निर्माणको स्थान छनोटको बारेमा प्रदेश सभा सदस्य धर्मराज रेग्मीदेखि वडा नं. ३ का वडापालिकाले समेत असन्तुष्टि जनाएका थिए ।