काँग्रेसद्वारा साङ्केतिक बिरोध ¥र्याली
सल्यान मंसिर १० ।
नेपाली काङ्ग्रेस नगर समितिले सोमबार बनगाड कुपिण्डे नगरपालिकामा साङ्केतिक बिरोध ¥याली गरेको छ । नगरपालिकाको कार्यालय लगाए देवस्थल, सल्लीबजारका ठाउँमा बिरोध ¥याली सहित परिक्रमा गरेका छन् ।
बिरोध ¥यालीमा नगर सभा छिटो सम्पन्न गर, सम्पुर्ण शिक्षक कर्मचारीलाई तलबभत्ता व्यवस्था गर, वृद्ध भत्ता वितरण गर, विधिको शासन लागू गर, भ्रष्टाचार नियन्त्रण गर लगाएतका नारा लगाएका थिए ।
नगर प्रमुख र उप प्रमुख सहित वडा अध्यक्षहरुको विवाद हुदा अहिले सम्म पनि नगर सभा हुन नस्कदा सम्पुर्ण विकास निर्माणका काम लगाए नगरपालिकाबाट हुने सम्पुर्ण कामकाज ठप्प भएका छन । बिरोध सभामा बोल्दै सल्यान जिल्ला उपसभापति निम ब ओलिले यो साङ्केतिक बिरोध मात्र भएको र अब पनि नगर सभा नभए पछि नगरमा ताला बन्दी गर्ने र नगरपालिका सम्पुर्ण जनप्रतिनिधिले राजीनामा नगरुन्जेल सम्म नगरमा ताला नखोलिने बताएका छन् ।
नेपाली काङ्ग्रेसले सधै आन्दोलनमा अगाडि बढेको कारण थुप्रै आन्दोलनमा सफल भएको र अब यो आन्दोलन पनि सफल हुने बताएका छन् । कम्युनिस्ट सरकारले अहिलेको जस्तो महंगी भ्रष्टाचार भईरहे कम्युनिस्ट सरकार धेरै दिन नचल्ने बताएका छन् ।
उनिहरुले अब छिटै नगर सभा गर्न पनि अनुरोध गरेका छन । नगर नहुदा नगरपालिका १ सय २ जना, शिक्षक कर्मचारी २ सय ८५ जना , सामाजिक सुरक्षा भता २ हजार ९ सय ७३ जना बन्चित हुनुका साथै अन्य सम्पुर्ण विकास निर्माण काम लगाए ठप्प भएका छन ।






