Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

स्वास्थ्यको प्रदेश स्तरिय वार्षिक समीक्षा गोष्ठी शुरु

मंसिर १२ सुर्खेत ।

कर्णाली प्रदेशमा पहिलो पटक प्रदेश स्तरिय वार्षिक स्वास्थ्य समिक्षा गोष्ठि (आज) बुधबार देखी वीरेन्द्रनगरमा शुरु भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयको आयोजनामा प्रदेशमै पहिलो पटक आर्थिक वर्ष २०७४/०७५ को स्वास्थ्य समिक्षा गोष्ठी शुरु भएको हो । तीन दिनसम्म सञ्चालन हुने उक्त गोष्ठीमा प्रदेशका १० जिल्ला जनस्वास्थ्य कार्यालयले गरेका गतिबिधि, संघीयता पछि स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, चुनौति र सफलताका बिषयमा पनि बृहत छलफल हुने कर्णाली स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार कर्णालीको समग्र स्वास्थ्य अवस्था, प्रदेश सरकारले निर्माण गर्ने कानुनमा समेटिनु पर्ने स्वास्थ्य क्षेत्रका विषयहरु लागाएताका विषयहरुमा पनि बृहत छलफल हुने बताइएको छ । उक्त समिक्षा गोष्ठीको उदघाटन सत्रमा बोल्दै कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिब डाक्टर मानबहादुर विश्वकर्माले राजनीतिक दलहरुले स्वास्थ्यका नीति तथा कार्यक्रमहरु बनाउँदा हरेक पक्षहरुलाई समेट्न नसकेको कारण अबका दिनहरुमा त्यता तर्फ ध्यान आग्रह गर्नुभयो ।

त्यस्तै कर्णाली स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारी जोशीले कर्णालीको समग्र स्वास्थ्य क्षेत्रको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।