छिन्चुमा स्थापना भयो अस्थायी ट्राफिक प्रहरी पोष्ट
मंसिर २० सुर्खेत ।
सुर्खेतको छिन्चुमा अस्थायी ट्राफिक प्रहरी पोष्ट तथा रि–फ्रेस सेन्टर स्थापना भएको छ । भेरीगंगा नगरपालिका १२ छिन्चु तिनकुने चोकमा अस्थायी ट्राफिक प्रहरी पोष्ट तथा रि–फ्रेस सेन्टरको बिहीबार एक कार्यक्रमका बिच स्थापना गरिएको हो । अस्थायी ट्राफिक प्रहरी पोष्ट तथा रि–फ्रेस सेन्टरको कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक महेश विक्रम शाहले उद्घाटन गर्नुभएको हो । उद्घाटन पछि बोल्दै महानिरीक्षक शाहले जुन उद्देश्यले स्थापना गरिएको हो, त्यो उद्देश्य पुरा गर्नको लागि सबैको साथ सहयोग आवश्यकता रहेको बताउनु भएको छ ।

कम सडक भएको कर्णालीमा दुर्घटनाहरु धेरै हुने भएकाले त्यसलाई न्यूनिकरण गर्नको लागि सबै आफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा उहाँले जोड दिनुर भयो । जसरी कर्णाली प्रदेश शान्त छ त्यसरी सुरक्षित बनाउन आवश्यक रहेको शाहको भनाइ थियो । उहाँले अहिलेको अवस्थामा यस्ता रिफ्रेस सेन्टर अरु ठाउँमा पनि आवश्यक रहेको बताउनु भयो ।
यस्तै कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रमुख बसन्त रजौरेले यस रि–फ्रेस सेन्टर चालकहरु रेष्ट गर्ने, आफ्नो समस्याहरु भए समाधान गर्ने प्रहरी संग सुझाव सल्लाह लिन सकिने बताउनु भयो । उहाँले भन्नुभयो, अहिलेको अवस्थामा जुन उद्देश्यकका साथ निर्माण गरिएको हो त्यो अनुसार काम गर्न सकेको अवस्थामा यसको औचित्यता रहने भएकाले औचित्यता पुष्ठी गर्न सबै प्रहरीहरु लाग्नु पर्दछ ।
यस्तै कार्यक्रममा बोल्दै ट्राफिक प्रहरी कार्यालय कर्णाली प्रदेशका प्रमुख जनक राज पाण्डेले कर्णालीको भरपर्दा यातायातको माध्यम भनेको सडक भएकाले सडकमा हुने विभिन्न किसिमका समस्याहरु हल गर्दै जानुपर्ने बताउनु भयो । यस्तै भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्यले भवन बनाएर मात्र नभएर त्यो कुन उद्देश्यले बताएको त्यो पुरा गर्नु पर्ने बताउनु भयो ।
२०७५ साल असार २७ गते शिलान्यास गरिएको उक्त भनव ८ लाख १७ हजार २ सय १७ रुपैयाँ कुल लागत लागेको प्रहरीले जनाएको छ । भवन उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक हरीबहादुर बि.सी लगायत अन्य जिल्लाका विभिन्न व्यावसायीहरु, विभिन्न पदमा रहि काम गरिरहेका प्रहरीहरु लगायत अन्य व्याक्तिहरुको सहभागिता रहेको थियो ।







