Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

किसानले निराश हुनु पर्दैन : कृषि मन्त्री केसी

मंसिर २३ सुर्खेत ।

कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले सरकारले किसानलाई निराश नबनाउने बताउनु भएकाे छ । आईतबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाकाे मूल पानीमा कृषक श्याम पुरीको कृषि खेतीको अनुगमन गर्दै मन्त्री केसीले यस्तो बताउनु भएकाे हाे । विशेष व्यसायिक कृषकहरुको लागि प्राेत्सान अनुदान कार्यक्रम मार्फत किसानको खेतीको आधारमा अनुदान दिने मन्त्री केसीको भनाई छ ।

प्राेत्सान अनुदान अन्तरर्गत पाँच करोडको कार्यक्रम भएको र त्यसको तत्काल कार्यविधि बनाएर किसानलाई व्यवसायी बनाउनको लागि काम गर्ने बताउनुभयाे । उहाँले अहिलेको अवस्थामा गरिब किसान लक्षित किसान हातेमालो कार्यक्रम पनि अगाडि बढाएको र चाँडै नै त्यो सञ्चालनमा ल्याउने बताउनु भयाे। मन्त्रालयबाट खुल्ने सुचनाको आधारमा निवेदन दिन कृषकलाई आग्रह गर्दै मन्त्री केसीले सरकार बोलेर मात्र नभएर व्यवसायिक किसानको पक्षमा लाग्नेमा जाेड दिनुभयाे ।

अनुगमनकाे क्रममा मन्त्रीसंग कुरा राख्दै कृषक श्याम पुरीले सरकारबाट प्राप्त भएकाे सहयोगले खेती व्यवसाय बढाउने बताए । उनले अहिले करिब २ विगाहा जग्गामा विभिन्न कृषि खेती गर्दै आएका छन् । दैलेखको गुराँस गाउँपालिकाको गोगनपानिमा लामो समय एग्रोभेट सञ्चालन गरेका पुरीले आफ्नो कृषि सम्बन्धी लामो अनुभव भएको बताए ।

दैलेखबाट सुर्खेत आएपछि सुर्खेतमा कपडा पसल सञ्चालन गर्दै आएका पुरी जता जतै बाँझो जग्गा खाली देखेर उनले त्यसको सहि सदुपयोग गर्नको लागि भएपनि कृषि खेतिमा लागेको बताए । अहिले उनले करिव १० जनालाई रोजगारी दिएका छन् । भाडामा जग्गा लगेर खेती गर्दै आएका पुरीले वर्षको एक लाख ५० हजार रुपौँया भाडा तिर्ने गरेको बताए । अहिले उनको बारीमा ब्रो काउली, काउली, भाँटा करेला, टमाटर, बन्दा गोपी फलाएका छन् । अनुगमनमा कर्णाली प्रदेश सभा सदस्य अम्मरबहादुर थापा, शाेशिला शाही तथा विभिन्न व्यवसायीहरुकाे सहभागिता रहेकाे थियाे ।